मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुरको हनुमान चाेकमा दुर्घटनामा परी घाइते मोटरसाइकल चालक गिरीको पनि मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२५ अशोज २०८१, शुक्रबार

झापा गएराति एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो भने आज दिउँसो अर्का मोटरसाइकल चालकको पनि मृत्यु भएको हो । दिउँसो ३.५५ बजे मे ८ प २८३५ नम्बरको मोटरसाइकलका चालक भद्रपुर– ८ का २५ वर्षीय संजिप गिरीको पनि मृत्यु भएको हो । उनको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।

मेची राजमार्गअन्तर्गत चारआली– चन्द्रगढी सडकखण्डको भद्रपुर नगरपालिका– १० स्थित हनुमान चोकमा राति ९ः५० बजे चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल चालक भद्रपुर– १० केन्द्रमोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय छोरा आलोक भण्डारीको मृत्यु भएको थियो । घाइते भण्डारीलाई ओमसाई हस्पिटल भद्रपुरमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार भद्रपुर नगरपालिका– १० का २४ वर्षीय बिपान्सु राउत र मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर– ८ का २५ वर्षीय संजिप गिरी घाइते भएका थिए । राउत र गिरीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको थियो । घाइते राउत डिस्चार्ज भई घरतर्फ गएको डीएसपी चन्दले जानकारी दिए । दुवै सवारीसाधन जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार