मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

बुलेट किरातीमाथि मुद्धा दायर,पाण्डव चौधरी रिहा हुँदै

देश प्रदेश डेस्क 5095+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

झापा प्रहरीले बुद्धशान्ति –४ का खनिगौडाका ३४ वर्षीय बुलेट किराती भनिने अञ्जेस राईमाथि आगजनीको मुद्धा दायर गरेको छ ।

शनिवार बन्द आव्हानका क्रममा इलामको रोङ गाउँपालिका –४ किटेनीस्थित मेची राजमार्गमा पराल बोकेको मे१ ज ११४० नम्बरको पिकअपमा आगजनी गरेको आरोपमा राईलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ईलाम र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो दिउँसो ३ बजे अर्जुनधारा –११ नयाँ बसपार्कबाट राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए । उनले राईमाथि आगजनीको मुद्धा दायर गरिएको जानकारी दिए । राई प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिका बुद्धशान्ति संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ, अभियानअन्तर्गत नागरिक युवा दस्ताका मेचीनगर संयोजक भएको बुझिएको छ ।

यसैबीच मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी आज रिहा हुने भएका छन् । उनलाई आज रिहा गर्ने संभावना रहेको प्रहरी स्रोतले जनाएको छ । अभद्र व्यवहारसम्बन्धी मुद्धा दायर गरिएका चौधरीमाथि अनुसन्धान गर्न प्रहरीले दुईपटक म्याद थपेको थियो । पहिलो पटक पाँच दिन र त्यसपछि तीन दिन म्याद थप गरिएको थियो । ८ दिनको म्याद सकिएकाले अब म्याद थप नगरी रिहा गरिने प्रहरी स्रोतले जनाएको छ ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका चौधरीलाई केही दिनअघि नै रिहा गर्ने भनिएकोमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका कारण उनलाई थुनामै राखिरहेको बताइएको छ । ‘व्यक्तिगत टसलका कारणले पनि चौधरीको थुना अवधि लम्बिएको हो’ स्रोतले भन्यो ।

बन्द हड्तालमा उत्रिएका पूर्वमन्त्री गोपाल किरातीसहितका अन्य नेताहरु आइतवार साँझ नै रिहा भइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार