मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापाको दक्षिणी नाकाबाट करिव ३ लाखको मदिरा बरामद

Desh Pradesh News 1+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार

झापा  दक्षिणी झापाको सीमावर्ती नाकाबाट भारतको विहारतर्फ मदिरा तस्करी अझै रोकिएको छैन । सशस्त्र प्रहरीले भारततर्फ लगिरहेको आशंकामा ठुलो परिमाणको मदिरा झापा गाउँपालिकाबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट प्रहरी निरीक्षक दिपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले झापा गाउँपालिका २ स्थित कुवाडी– सडकबारी सडकखण्डबाट एक गाडी मदिरा बरामद गरेको हो ।
सोमबार दिउँसो अन्दाजी ४ बजेको समयमा बा २१ च ५०६० नम्बरको इशुजु पिकअपमा पछाडि लुकाइछिपाई लगिरहेको अन्दाजी २ लाख ९३ हजार मूल्य बराबरको गोरखा बियर, टुबोर्ग, ८८४८ रक्सी लगायत नाम गरेका मादक पदार्थ बरामद गरेको जनाइएको छ ।

सशस्त्रले मदिराको बिलबिजक माग्दा चालकले देखाउन नसकेको जनाइएको छ । भिसिटिएस र भ्याट बिल समेत नभएको अवस्थामा बरामद गरिएको मदिरा र गाडीसहित १७ लाख ९३ हजार मूल्याङ्कन गरी आन्तरिक राजश्व कार्यालय भद्रपुर बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसअघि पनि सशस्त्रले साउन १८ गते झापा १ लसुना बाट प्र १–०१–००१–७५०२ नम्बरको मारुती सुजुकीसहित मादक पदार्थ बरामद गरी आन्तरिक राजस्व कार्यालय भद्रपुरमा बुझाएको थियो । भारतको बिहार राज्यमा मदिरा पूर्णरुपमा प्रतिबन्ध छ । त्यसैले झापाका नाकाबाट मदिराजन्य पदार्थ चोरी तस्करीको माध्यमबाट विहार लगिने गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार