मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

ढावा होटल दमकमा महिला मृत फेला

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

झापा झापाकाे दमक ६ मा रहेकाे ढावा होटल एण्ड लजकाे  कोठामा झुण्डिएको अवस्थामा एक महिला मृत फेला परेकी छन्  । इलाका प्रहरी कार्यालय दमकका अनुसार झापा,शिवसताक्षी नगरपालिका वडा न. ११ ब्याङडाडा घर भएकी अन्दाजी २७ वर्षीया करिश्मा निरौला मृत भेटिएकी हुन् । होटलको कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।

ती महिला शनिबार दिउसो करिब १ बजेतिर होटलको कोठा लिएर बसेकी थिइन । आइतबार दिउँसो सम्म सो कोठाको ढोका नखुलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी गलामा पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । उनको शव पोष्टमार्टमका लागि परिवारसँग समन्वय गरेको छ ति महिला विवाहित भए पनि यसअघिनै सम्बन्ध विच्छेद गरिसकेकी बताइएको छ । उनी हालसालै बैदेशिक रोजगारबाट घर फर्किएकी थिइन् ।

होटल व्यवसायी संघका प्रदेश अध्यक्ष राजन दंगालका अनुसार ति महिला कोठामा बस्नका लागि एक्लै आएकी थिइन् । उनको मृत्यु सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसहित कानूनी प्रकृया अघि बढाएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै