मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

रानीगञ्जले प्रवेशाज्ञा नदिँदा काँकरभिट्टाबाट नेपाल आउने पर्यटक घट्दै

देश प्रदेश डेस्क 5416+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

झापा नेपाल भारत सीमाको पूर्वी नाका भारत पश्चिम बंगालको रानीगञ्ज (पानीट्यांकी) को अध्यागमनले तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकको प्रतिबन्ध अझै फुकाएको छैन ।काँकरभिट्टासँग जोडिएको रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाली घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञा (आगमन अनुमति) दिन रोक लगाउँदै आएको छ ।भारतले प्रवेशाज्ञा नदिँदा पूर्वी नाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहलपहल खासै नभएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए ।कोभिडका कारण नेपाल तथा भारतीय पक्षले आवतजावतमा कडाइ गरे पनि पछिल्लो समयमा नेपाल घुम्न आउने पर्यटकले निर्वाध रुपमा नेपाल घुम्न सक्ने अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताए ।प्रवेशाज्ञाका विषयमा दुवै देशका अधिकारीहरुबीच छलफल भए पनि भारतले सुरक्षाको कारण देखाएर आगमन अनुमति नदिएको हो । जसका कारण पूर्वी नाकाबाट स्थलमार्ग भएर ठुलो संख्यामा नेपाल आउने बंगलादेशीहरु आउन नपाएको नाट्टाका कोशी अध्यक्ष पुण्यप्रसाद भट्टराईले जानकारी दिए ।ध्यगमन कार्यालय काँकरभिट्टाका अनुसार यो नाका भएर सबैभन्दा बढी बंगलादेशी पर्यटक आउने गरेका थिए । कार्यालयले सिरिया, अफगानिस्तान, इराक, घाना, जिम्बावे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्याम्ब्रुन, सोमालिया, प्यालेस्टाइन, स्विजरल्यान्डबाहेकका नागरिकलाई नेपाल प्रवेशको भिसा दिने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार