मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

हात्ती छेक्न बिर्तामोड क्षेत्रमा इलेक्ट्रिक फेन्सिङ जडान सुरु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

झापा बिर्तामोड‌मा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ। हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६,७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको हो । वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको कोषले जनाएको छ ।तारबार निर्माण कार्यको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिहीबार  शिलान्यास गरिन् ।

१ करोड ३२ लाख ३६ हजार ५ सय २० रुपैयाँको लागतमा तारबार निर्माण हुन लागेको हो । यसको ठेक्का फुङ्फुङ्गे शैलेश्वरी निर्माण सेवाले लिएको छ ।

ठेक्का सम्झौता अनुसार २०८१ कात्तिक २९ गतेसम्ममा योजना सम्पन्न गर्नु पर्ने छ । संरक्षण कोषका कोशी प्रदेश प्रमुख विरेन्द्र गौतमका अनुसार सुरुमा बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतिय तारबार निर्माण गरिएको थियो । उनले अहिलेसम्म झापाको जलथल र चाराआलीमा क्षेत्रसमेत गरी ७६ किलोमिटर क्षेत्रमा विद्युतिय तारबार भईसकेको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार