झापा । झापाकाे भद्रपुर नगरपालिकामा व्यक्तिगत घटना दर्ता र नागरिकता सिफारिसको प्रक्रिया सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकामा शनिबार बिहान आयोजित कार्यक्रममा राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभागका उपसचिव दिलकुमार तामाङले व्यक्तिगत घटना दर्ता प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।
त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले नागरिकता सिफारिसको कानुनी प्रक्रियाको बारेमा जानकारी गराएका थिए । नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की, सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।