मुख्य समाचार
नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड |

केर्खामा रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु, स्थिति तनावग्रस्त

देश प्रदेश डेस्क 5186+ समाचार ( )
७ कार्तिक २०८१, बुधवार

झापा काँकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ का हुन् । मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ । ती बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए । बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कदै गर्दा रात्रिबसले ठक्कर दिएको हो । बर्थडे केक र मासु सडकभरि छरपष्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ ।

सो घटनापछि आक्रोशित स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको बताइएको छ । आक्रोशितहरुले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले त्यहाँको अबस्था तनावग्रस्त रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार