झापा । उदयपुर प्रहरीले गएराति १८० किलो अवैध गाँजा बरामद गरेको छ । बेलका नगरपालिका वडा नम्बर ८ सप्तकोशी किनारबाट बेवारिसे अवस्थामा गाँजा
फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
इलाका
प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको
प्रहरी टोलीले ६ वटा बोराभित्र प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको
अवस्थामा उक्त गाँजा बरामद गरेको हो । उक्त गाँजा हाल इलाका प्रहरी
कार्यालय रामपुर ठोक्सिलामा राखिएको र संलग्न व्यक्तिहरुको खोजी कार्य
भइरहेको प्रहरीले जनाएको छ ।