मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति बनाउने सहमति, आजदेखि संसद चल्ने

देश प्रदेश डेस्क 5418+ समाचार ( )
४ भाद्र २०८०, सोमबार

झापा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएका छन्।

सिंहदरबारमा गएराति बसेको सर्वदलीय बैठकले सर्वदलीय समिति गठनमा सहमति जुटाएको हो। प्रहरीले गरिरहेको अनुसन्धानलाई असर नपर्ने गरी समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेको हो।

बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनकाण्डको विषयमा जाँचबुझ आयोग बन्ने र सीआईबीले पनि निरन्तर अनुसन्धान जारी राख्ने गरि सहमति जुटेको बताए। यसको सहमतिको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।
मस्यौदा समितिमा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन्।
समितिले तयार पारेको मस्यौदामा आज दिउँसो २ बजे हस्ताक्षर गर्ने र ३ बजे हुने संसद्को बैठक सुचारु गर्ने सहमति भएको छ। सुन तस्करीमा उच्चस्तरीय छानबिनको माग गर्दै नेकपा एमालेले गत साउन १० देखि संसद अवरुद्ध पार्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार