मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

झापामा एमाले महाधिवेशन प्रतिनिधि छान्न चुनाव हुँदै , ३६ पदका लागि ९५ जना उम्मेद्वार

देश प्रदेश डेस्क 5188+ समाचार ( )
१४ मंगशिर २०८२, शनिबार

नेकपा एमालेको ११ औं महाधिवेशनको लागि दुईवटा प्यानलले उम्मेद्वारी घोषणा गरेपछि झापामा महाधिवेशन प्रतिनिधि छनोटमा सहमति हुन नसकी आज निर्वाचन हुँदै छ ।

जम्मा ३६ जना महाधिवेशन प्रतिनिधिका लागि झन्डै तीन गुणा अर्थात ९५ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । बिहीवार दलित क्लस्टरबाहेक खुल्ला, महिला र युवातर्फ १४१ जनाले उम्मेद्वारी दिएकोमा हिजो ४६ जनाले नाम फिर्ता लिएका थिए । पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको जिल्ला निर्वाचन विभागका प्रमुख दिपेन्द्र लम्सालले जानकारी दिए ।

क्षेत्र नं १ मा ६ जना महाधिवेशन प्रतिनिधिका लागि ११ जना, २ मा ९ जना महाधिवेशन प्रतिनिधिका लागि २७ जना , ३ मा ६ जना महाधिवेशन प्रतिनिधिका लागि १९ जना , ४ मा ७ जना महाधिवेशन प्रतिनिधिका लागि १६ जना र ५ मा ८ जना महाधिवेशन प्रतिनिधिका लागि २२ जना चुनावी मैदानमा उत्रिएका हुन् । उम्मेद्वारहरु अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्यानलको भनेर स्पष्ट रुपमा चिनिएका छन् ।

दलित क्लस्टरमा दुईजना महाधिवेशन प्रतिनिधिका लागि ७ जनाले उम्मेद्वारी दिएकोमा उनीहरुबीच चुनावी प्रतिष्पर्धा नहुने भएको छ । उम्मेद्वारहरुले सर्वसम्मत ढंगले महाधिवेशन प्रतिनिधि छान्ने जिम्मेवारी सहजीकरण समितिलाई दिएको बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार