मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

तनहुँकाे व्यास नगरपालिकाका मेयरकाे मतगणना बदर, पुनः मतगणना हुने

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२ जेठ २०८१, बुधवार

झापा । निर्वाचित भएको २ वर्षपछि उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको मेयर पदको मतगणना बदर गरेको छ ।

निर्वाचन आयोगलाई विपक्षी बनाएको मुद्दामा न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेलको संयुक्त इजलासले मंगलबार मेयर पदको मतगणना बदर गर्दै पुनः मतगणना गर्न आदेश दिएको हो ।

अदालतका रजिष्ट्रार अच्युत कुइँकेलको संयोजनमा पुनः मतगणना गर्न आवश्यक कर्मचारी लगायत उपलब्ध गराउन पनि आदेशमा भनिएको उपरजिष्ट्रार रामबहादुर थापाले बताए।

२०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदको मत गणनामा धाँधली भएको भन्दै उम्मेदवार दीपकराज जोशीले उच्च अदालतमा रिट दायर गरेका थिए। उनले दिएको रिट निवेदनमा दाबी पुग्ने भन्दै अदालतले उक्त फैसला गरेको हो।

व्यास नगरपालिकाको मेयर पदमा कांग्रेस उम्मेदवार बैकुण्ठनाथ न्यौपाने निर्वाचित भएका थिए। उनले जोशीलाई २५२ मतले पराजित गरेका थिए। न्यौपानेलाई माओवादी केन्द्र लगायत तत्कालीन ५ दलीय गठबन्धनको समर्थन थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार