मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

प्रेम सम्बन्धका कारण डा. कोइरालाले आत्महत्या गरेको हुनसक्ने , युवतीसंग प्रहरीले लियो बयान

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा एकजना युवतीसंगको प्रेम सम्बन्धका कारण झापा दमक– १ निवासी डा. प्रज्वल कोइरालाले कोशी नदीको पुलबाट हामफालेर आत्महत्या गरेको हुनसक्ने तथ्य खुलेको छ ।

सीसीटीभीको फुटेजले डा. कोइरालाले आत्महत्या गरेको हुनसक्ने देखाएपछि प्रहरीले आत्महत्याको कारण खोजी गर्दै जाँदा एकजना युवतीसंगको प्रेम सम्बन्ध भएको खुलेको हो । लाइफलाइन हस्पिटल दमकमा एक फार्मेसीमा कार्यरत सीमा( नाम परिवर्तन) संगको प्रेम सम्बन्ध सफल नभएपछि उनले कोशी नदीमा हामफालेको हुनसक्ने देखिएको छ । करिव एक सातासम्म खोजी गर्दा पनि डा. कोइराला नभेटिएपछि र सीसीटीभीको फुटेजलाई आधार मान्दा आत्महत्या गरेको हुनसक्ने अनुमानलाई बल पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए । उनले आत्महत्याको धेरै कारण हुनसक्ने बताउँदै एउटा कारण प्रेमसम्बन्ध पनि हुनसक्ने भनेर त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

डा. कोइराला कोशी नदीमा बेपत्ता भएको घटना सुनेर भोलिपल्ट ती युवती पनि बेहोस भएकी थिइन् । उनलाई बिर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलबाट डिस्चार्ज भएकी ती युवतीसंग उदयपुर प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रहरीले सोधपुछ गरेको प्रहरी उपरीक्षक फुयालले बताए । त्यस्तै डा. कोइरालाका बुवा,आमा, दिदीलगायतसंग पनि सोधपुछ गरिएको उनले जानकारी दिए । घटनास्थलमा फेला परेको मोबाइलबाट धेरै कुरा थाहा हुने भएकाले मोबाइल ट्रेकिङको अनुसन्धान गर्न काठमाडौ पठाइएको प्रहरी उपरीक्षक फुयालले जानकारी दिए ।

गत आइतवार राति २ बजेदेखि प्र १–०२–००२ च ४१६६ नम्बरको आफ्नो कार कोशी पुलमा छाडेर डा. कोइराला बेपत्ता भएका हुन् । स्थानीयबासीले बेवारिसे कार देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुलको रेलिङमा उनको मोबाइल , जुत्ता र मोजा भेटिएको थियो ।

प्रहरी सक्रियतामा करिव एक सातादेखि खोजी कार्य जारी राख्दा पनि नभेटिनुले ९० प्रतिशत आत्महत्या गरेको हुनसक्ने दमक– १ का वडाध्यक्ष हरि न्यौपानेले बताए । घटना सुनेपछि आफूसहित दमक नगरपालिकाका नगर प्रमुख राम थापा , प्रदेश सांसद होम थापालगायत घटनास्थल पुगेको बताउँदै वडाध्यक्ष न्यौपानेले प्रेम सम्बन्धकै कारण आत्महत्या गरेको कुरा खुलेको जानकारी दिए । डा. कोइरालाका बुवा दामोदर कोइरालाका साथीसमेत रहेका वडाध्यक्ष न्यौपानेले त्यस घटनाले परिवार र टोल समाजलाई दुखित बनाएको बताए ।

डा. कोइरालाका पिता दिवाकर कोइराला पाँचथर अमरपुरका पूर्व शिक्षक हुन् । डा. कोइराला परिवारको एक्लो छोरा हुन् । कोइराला परिवारले लाखौ खर्च गरी छोरालाई डाक्टर बनाएका थिए ।
डा. कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । केही महिनाअघि उनी लाइफलाइन अस्पतालमा कार्यरत रहेका थिए । त्यही काम गर्नेक्रममा दुवैबीच प्रेम समबन्ध बनेको अनुमान गरिएको छ । अन्तरजातीयलगायतका कारण उनीहरुबीचको प्रेम सम्बन्ध सफल बन्न नसकेको बताइएको छ ।

प्रहरीले बेपत्ता डा. कोइरालाको खोजी कार्य अझै जारी राखेको छ । केही दिन गोताखोर प्रयोग गरी खोजी गरिएकोमा गोताखोरहरु व्यस्त भएपछि अहिले प्रहरी टोलीले खोजी जारी राखेको प्रहरी उपरीक्षक फुयालले बताए । उनले दक्षिणतर्फ पूर्व पश्चिम राजमार्गको कोशी व्यारेजसम्म जानकारी गराइसकेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार