इलाम र झापा जिल्लाको सिमाना जोर कलशदेखि माइखोलासम्म सवारी साधन सञ्चालन भएका छन् जिल्ला प्रशासन कार्यालय इलामले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
सो सडक खण्डमा एकतर्फी बाटो सञ्चालन भएको विज्ञप्तिमा जनाइएको छ । साथै यात्रुवाहक सवारी मात्र आवागमन गर्न सकिने जनाइएको छ । अन्य सवारी साधनको हकमा भने अर्को सूचना जारी नभएसम्मका लागि आवागमन बन्द रहने समेत विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै पाँचथरबाट इलाम आउने राजमार्ग अझै अवरुद्ध भएकोले ताप्लेजुङ र पाँचथरबाट आउने सवारी साधनलाई पनि पूर्णरुपमा प्रवेश निषेध गरिएको विज्ञप्तिमा जनाइएको छ ।