मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा भद्रपुरका नेपाल निर्वाचित

देश प्रदेश डेस्क 5094+ समाचार ( )
२८ माघ २०८०, आइतबार

झापा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन् ।महासङघको पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको बन्द सत्रले भद्रपुर निवासी नेपाल आगामी दुई वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्। विराटनगरको एमके पार्टी प्यालेसमा शनिबार सम्पन्न अधिवेशनले महासङघको वरिष्ठ उपाध्यक्षमा मोरङका माधव अधिकारी र उपाध्यक्षद्धयमा उदयपुरका घनश्याम पोखरेल र सुनसरीका शिवप्रसाद चौलागाईंलाई निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै मोरङका दिवाकर भट्टराई सचिव र मोरङका गौतम शर्मा कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्। यस्तै झापाका टंकप्रसाद भट्टराई सहसचिव पदमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक मातृकाप्रसाद शिवाकोटीले जानकारी दिए । यस्तै सदस्यमा मोरङबाट नवीन रेग्मी, यतीराज पोखरेल, माधव बराल, परमानन्द सिंह, चुनामणि घिमिरे, जीवन लुइँटेल र हेमा कुमारी घिमिरे निर्वाचित भएका छन्। 

यस्तै सुनसरीबाट प्रदेश सदस्यमा जीवन लुइँटेल, अनिल जोशी, मनोज कुमार यादव निर्वाचित भएका छन्। ताप्लेजुङबाट भुमा देवी पोखरेल  र धनकुटाबाट युवराज निरौला निर्वाचित भएका छन्।  यस अघिको उद्घाटन सत्र प्रदेश प्रमुख परशुराम खापुङले सरस्वतीको प्रतिमामा माल्यार्पण गर्दै दीप प्रज्वलन गरेर भव्य उद्घाटन गरेका थिए। अधिवेशनको उद्घाटन गर्दे उनले कोशी प्रदेश पुस्तक तथा स्टेसनरी व्यवसायीको पक्षमा रहेको बताए । प्रदेश प्रमुख खापुङले व्यवसायीका यावत समस्या प्रदेश सरकारले बुझेको बताएका छन् । पुस्तक तथा स्टेसनरी व्यवसायीसँगको संवाद, छलफल र व्यवसायी सँग सहकार्य गरेर व्यवसायीका मार्कालाई प्रदेश सरकारले सम्बोधन गर्ने उनले बताए ।

विद्यालय तहका शैक्षिक सामाग्रीको अवैध बिक्री वितरणमा पुर्णत प्रतिबन्ध लगाउन प्रदेश सरकार तयार रहेको उनले बताए । प्रदेशका कुनै पनि विद्यालयले विद्यालय हातामा शैक्षिक सामग्रीको विक्री वितरण गरेको पाइए सरकारले नियमन गरी कारबाही गर्ने पनि उनले बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघका केन्द्रीय निवर्तमान अध्यक्ष मनहरी बस्याल, वरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरे, केन्द्रीय महासचिव शिवहरि शर्मा, सचिव विष्णु पौडेल, पूर्व उपाध्यक्ष ऋषिराम शर्मा, मातृका सिवाकोटी र झापाका अध्यक्ष विनोद सापकोटा लगायतले आआफ्ना धारणा राखेका थिए । 

अधिवेशनको बन्द सत्रमा सचिव माधव अधिकारीले महासङघको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष गौतम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  कार्यक्रम महासंङघका प्रदेश अध्यक्ष रञ्जन शर्माको अध्यक्षतामा भएको थियो ।  यसैबिच सो कार्यक्रममा ०२२ साल देखि नियमित पुस्तक तथा स्टेसनरी व्यवसाय गर्दे आएका झापा गौरिगञ्जका रूपक श्रेष्ठलाई सम्मान गरिएको छ । उनलाई सम्मान पत्र सहित प्रदेश प्रमुख खापुङले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार