मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

संघीय सरकारको भद्रपुरमा २१ योजनाका लागि ४२ करोड

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

झापा संघीय सरकारले झापाको भद्रपुर नगरपालिकामा २१ वटा योजनाकाल लागि करिब रू ४२ करोड बढी बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले यहाँका विभिन्न २१ वटा योजना निर्माणार्थ रू ४१ करोड ९५ लाख बजेट विनियोजन गरेकोनगरपालिकाले जनाएकाे छ ।

नगरले दिएकाे जानकारी अनुसार भद्रपुर–८ स्थित कृष्ण प्रणामी मन्दिरदेखि देवलाल राजवंशीको घरसम्मको सडक स्तरोन्नतीका लागि रू तीन करोड, भद्रपुर–८ भद्रशिवा टोलको तामाङको घरदेखि भद्रशिवा मन्दिरसम्म जोड्ने ढल निकाससहित मर्मत र स्तरोन्नती गर्न रू तीन करोड, भद्रपुर–९ स्थित माथेमामार्ग अन्तरगत लक्ष्मी चोक–मेथीबारी हुँदै पुष्पलाल मार्ग जोने सडक कालोपत्रे गर्नरू तीन करोड, भद्रपुर नगरपालिका–१० गौरीशंकर मार्ग निर्माणार्थ रू तीन करोड बजेट आउने भएको छ ।

त्यस्तै भद्रपुर–६ स्थित राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको संग्रहालय भवनका लागि रू तीन करोड, भद्रपुर–८ स्थित मेची रंगशालाका लागि रू तीन करोड, भद्रपुर–८ स्थित गिरिजाप्रसाद कोइराला स्मृति सभा गृहका लागि रू तीन करोड, भद्रपुर–५ र ६ सिटी गार्डेन–बहलमानपट्टि हुँदै झिम्की चोकसम्म सडक निर्माणार्थ रू तीन करोड, भद्रपुर–८ स्थित पृथ्वी नमूना विद्यालयको सभाकक्ष निर्माण गर्न रू तीन करोड बजेट विनियोजन गरेको छ ।

यस्तै, भद्रपुर–२ र ३ स्थित किच्चकबध धार्मिक तथा ऐतिहासिकस्थल संरक्षण तथा पर्यटन पूर्वाधार निर्माणार्थ रू तीन करोड, भद्रपुर–१० स्थित चन्द्रगढ ऐतिहासिक पर्यटन क्षेत्र विकास योजनाका लागि रू तीन करोड, भद्रपुर–७ स्थित शंकटेश्वर सामुदायिक भवन निर्माण गर्न रू २५ लाख, भद्रपुर–१ स्थित पूर्बेली टोलबाट हिमाली स्कूल जाने ड्रेनसहितको सडकका लागि रू तीन करोड प्राप्त भएको छ ।

त्यसैगरी, झापा जिल्ला कारागारको ढल व्यवस्थापनका रू तीन करोड, भद्रपुर–७ स्थित जानकी मार्ग (विषम मिल दक्षिण केदार पोखरलेको घर हुँदै अन्जनीमोड जोड्ने सडक) का लागि रू ४० लाख, भद्रपुर–३ स्थित कालीबहादुर दक्षिण सञ्जु खेत हुँदै देउनिया खोला जाने सडकका लागि रू २५ लाख, भद्रपुर–९ र १० जोड्ने सडक स्तरोन्नतीका लागि रू ४० लाख बजेट प्राप्त हुने भएको छ ।

यसैगरी, भद्रपुर–१० स्थित फुलबारी–ताक्मारे सडक स्तरोन्नतीका लागि रू २५ लाख, भद्रपुर–१० स्थित बद्री मार्ग–अद्वैत मार्ग सडक स्तरोन्नतीका लागि रू २५ लाख, सेती खोलामा बक्स कल्भर्ट निर्मानार्थ रू २५ लाख र जिल्ला समन्वय समितिको एनेक्स भवन निर्माणार्थ रू ९० लाख प्राप्त भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार