झापा । झापा अर्जुनधारा .१ हलुवागढ समुदायिक वन भित्र आप खोल्सी भन्ने स्थानमा महिलाकाे शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार स्थानीयले घाँस काटने क्रममा साेमबार दिउँसाे महिलाको सडेगलेको अबस्थामा शव फेला पारेपछि प्रहरिलाइ खबर गरेका थिए ।
खबरपश्चात अनुसन्धानका क्रममा लुगाको आधारमा मृतकको कान्छी छोरी देविका खड्का खनालले पहिचान गरेको जिल्लाका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए । मृतक इलाम रोङ गाउँपालिमा २ बस्ने बर्ष ६० को सीतादेवि खरेल रहेको उनले जनाए । मृतक गत माघ २८ गते बाट हराई बेपत्ता भएको भनि अस्थाई प्रहरी चौकी बरखोल्याङमा फागुन ४ गते हुलिया निबेदन परेको उनले बताए । शव पुर्ण रुपमा सडिगलेको अवस्थामा रहेको र थप अनुसन्धान भइर्रहेकाे प्रहरीले जनाएकाे छ ।