झापा / झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा एक २१ वर्षीया युवतीलाई सार्वजनिक रूपमा बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्दै दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पुरानो रिसइबी र विवादका कारण स्थानीय २१ वर्षीया सबिना राजवंशीमाथि शुक्रबार साँझ करिब ६:३० बजे केही व्यक्तिहरूको समूहले अमानवीय ढंगले आक्रमण र सार्वजनिक बेइज्जती गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको विशेष टोलीले दुर्व्यवहारमा प्रत्यक्ष संलग्न रहेका अभियुक्तहरूलाई तत्कालै नियन्त्रणमा लिएको हो ।