मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

चन्द्रगढी सामुदायिक वनको मिलबाट चिरान काठ बरामदपछि संयोजकहरुद्धारा धमाधम पदबाट राजीनामा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

झापा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिति भद्रपुर ९ का क्षेत्रीय संयोजकहरुले धमाधम पदबाट राजीनामा दिन थालेका छन् । कटान अनुमतिभन्दा बाहिर गएर चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले अवैधरुपमा समितिको मिलमा काठ चिरान गरिरहेको अबस्थामा केही दिन अघि डिभिजन वन कार्यालयले बरामद गरेको घटनापछि हालसम्म तीनजना क्षेत्रीय संयोजकले राजीनामा दिएका हुन् ।
यसरी राजीनामा दिनेहरुमा क्षेत्र नम्बर २ का रमेश न्यौपाने, ६ का युवराज दाहाल र ९ का केशवप्रसाद खतिवडा रहेका छन् । उनीहरुले वन समितिका अध्यक्षलाइ सम्बोधन गर्दै व्यवहारिक कारण देखाएर आजका मितिदेखि पदमा वसेर काम गर्न कठिनाइ भएको भन्दै स्वीकृतीका लागि लिखित रुपमा छुट्टा-छुट्टै राजीनामा पत्र बुझाएका छन् ।
 चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिति भद्रपुर ९ ले आफ्नो मिलमा अवैधरुपमा चिरान गरिरहेको अवस्थामा वन डिभिजनले शुक्रबार बेलुका ४.३० बजे  मिलबाट ८३.५२ क्युफिट सखुवाको चिरान काठ बरामद गरेको थियो ।
कटान अनुमतिभन्दा बाहिर वन समितिले काठ चिरान गरिरहेको अबस्थामा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत जीवन पाठकले बताएका थिए ।

घटनाको विषयलाइ लिएर डिभिजन वन अधिकृत  कुलप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान सुरु गरिएको डिभिजन प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए । अनुसन्धानपछि गलत देखिएमा मुद्दा दायर गरिने उनले जानकारी दिए ।
 यो भन्दा केही वर्ष अघि दुर्गाप्रसाद भट्टराई नै अध्यक्ष रहेको कार्यकालमा दाउरा भन्दै उपभोक्तालाइ काठ बिक्री गरेको घटना सञ्चारमाध्यमले सार्वजनिक गरिसकेको छ ।
एउटै व्यक्ति लगातार दुईदशकसम्म एउटै पदमा वसिरहेका कारण पनि मनोमानी बढेको हुनसक्ने प्रष्ट हुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार