मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

शिवसताक्षीको घर नक्सा प्रकरण छानबिन गर्न कांग्रेसको माग

देश प्रदेश डेस्क 5164+ समाचार ( )
४ पौष २०८०, बुधवार

झापा नेपाली कांग्रेस शिवसताक्षीले नगर प्रमुख मेघाहाङ थोप्रालाई ज्ञापनपत्र बुझाएको छ ।

पार्टी सभापति अशोक बस्नेत नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
नगरको घर नक्सा शाखाबाट प्रदान गरिएको सेवामा नगरवासीले प्रश्न उठाएपछि नगरसमितिले ज्ञापनपत्र बुझाएको नेपाली कांग्रेस शिवसताक्षीले जनाएको छ । नगर प्रमुख मेघाहाङ थोप्रालाई बुझाउन गएको टोलीले उनको र नगर उपप्रमुखको अनुपस्थितिमा छानविन समितिका सदस्य सचिवसमेत रहेका प्रशासन प्रमुख डिल्ली नेपाललाई ज्ञापनपत्र बुझाएको पार्टीका सचिव होम दुलालले बताए ।

शिवसताक्षी नगरपालिका घर नक्सा पास प्रकरणमा चरम लापरबाही भएको ज्ञापनपत्रमा उल्लेख छ । विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा शिवसताक्षी नगरपालिकाको बेथितिहरु सार्वजनिक भएपछि छानबिनका लागि गत जेठ ७ गते गठित तीन सदस्यीय समितिको प्रतिवेदनलाई गुपचुप राखिनुले घटनालाई अर्कैतर्फ मोड्न खोजिएको आशंका नेपाली कांग्रेसले गरेको छ ।
‘नगरपालिकाले निर्धारण गरेको राजश्व बमोजिम सेवाग्राहीले शुल्क तिरी कागजपत्र पेश गर्दा पनि घरधनीलाई घर नक्सा प्रमाणपत्र नदिनु, दिएका कतिपय प्रमाणपत्रहरु पनि नक्कली हुनु, कार्यालयमा रेकर्ड नराखिनु जस्ता अत्यन्तै गैरजिम्मेवार र लापरवाहीपूर्ण कदम हो भन्ने हाम्रो पार्टीको ठम्याई छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

घर नक्सा प्रकरणको सही र सत्य कुरा के हो निष्पक्ष छानबिन गरी पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ । घर नक्सा प्रकरणमा संलग्नताको आरोप लागेका जो कोहीलाई पनि तत्काल निलम्बन गरेर स्वतन्त्र रुपमा छानविनको प्रवन्ध मिलाउन नेपाली कांग्रेसले छानविन समितिका सदस्य सचिव समेत रहेका प्रशासन प्रमुख नेपालमार्फत नगर प्रमुखको ध्यानाकर्षण गराएको सचिव दुलालले बताए ।

संघीय व्यवस्थामा स्थानीय सरकारको अविश्वास र असक्षमता पुष्टि हुनेगरी यस्ता प्रकारका गम्भीर त्रुटिहरु शिवसताक्षी नगरपालिका विभिन्न क्षेत्रहरूमा हुने गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ । ‘यस्ता घटनाले स्थानीय तहको ओज घटेको हाम्रो पाटीको ठम्याई छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

शिवसताक्षी नगरपालिकाबाट हालसम्म नियमानुसार घर नक्सा पास भएकाको रेकर्ड अविलम्ब पत्रपत्रिकाबाट सार्वजनिक गरी नगरबासीलाई सुसूचित गराउन पनि नेपाली कांग्रेसले माग गरेको छ ।

‘स्थानीय जनताको गुनासा दिनप्रतिदिन चुलिदै जानुले शिवसताक्षी नगरपालिकाजस्तो सरकारको आधारभूत अङ्गलाई विश्वासिलो पारदर्शी र जवाफदेही बनाउनको लागि नगर प्रमुखको कार्यकौशलतामाथि प्रश्न चिन्ह खडा भएको छ’ ज्ञापनपत्रमा भनिएको छ,‘ नगरको समृद्धि र सुशासनमा रचनात्मक सहयोग पुर्याउने साथै बेथिति र ज्यादतीलाई निर्मम ढंगले हस्तक्षेप गर्न पछि नपर्ने नेपाली कांग्रेसले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेस शिवसताक्षीका सभापति अशोक बस्नेतले घर नक्सा प्रकरणमा जोडिएका जो कोही पनि दोषी नछुटून् र निर्दोष नफसून् भन्ने सिद्धान्तलाई आत्मसात् गर्दे नगरबासीलाई चाँडै न्याय दिलाई नक्सा शाखालाई आधुनिक र व्यवस्थित गर्न माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार