मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

आगामी चैतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

देश प्रदेश डेस्क 5095+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

झापा आगामी चैतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएकाे छ । प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो ।

केही समय अन्योलमा रहेका प्रतियोगिता लक्षित कार्यक्रम पुनः चलायमान हुन थालेका छन् ।  । राष्ट्रिय खेलकुद परिषद्–राखेपका अध्यक्ष एवम् युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको एक सय १८औँ बोर्ड बैठकले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो । यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि खेलपूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगेका छन् । जिल्ला–जिल्लामा खेल पूर्वाधार निर्माण भइसकेका छन् । अहिले खेलाडी छनोटको काम धमाधम भइरहेको कर्णाली खेलकुद विकास परिषद्ले जनाएको छ । हालसम्म ६ वटा खेलका लागि खेलाडी छनोट गरिएको परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए । उनका अनुसार फुटबल र भलिबलका खेलाडी छनोटको काम धमाधम भइरहेको छ ।

समय पर्याप्त रहेकाले खेलाडी छनोट र पूर्वतयारीका खेल सञ्चालनमा जोड दिएको उनको भनाइ छ । २४ खेल खेलाउन सकिने गरी पूर्वाधार निर्माण गरिएको र सोहीअनुसार तयारीका खेल खेलाइनेछ । केही खेल सुर्खेतमा खेलाइनेछ भने केही खेल जिल्ला–जिल्लामा खेलाइनेछ । प्रतियोगिताकै लागि केही पूर्वाधार निर्माण भइसकेका छन् । कुन जिल्लामा के–के पूर्वतयारीका खेल खेलाउने भन्ने विषयामा छलफल गरेर खेल खेलाइने परिषद्ले जनाएको छ । जिल्ला–जिल्लामा निर्माण गरिएका खेलपूर्वाधार अनुसारकै खेल खेलाइनेछ । जिल्लाहरूमा पूर्वाधार निर्माणका काम सकिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार