मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

दशैंका च्याङ्ग्रा नबिकेपछि खाद्यले निकाल्यो लिलामीको सूचना

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

झापा दशैं–तिहारका च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लिलामीको सूचना निकालेको छ ।

उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका र च्याङ्ग्रा किनेको थियो । खसी–बोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलाम गर्न लागेको हो ।

दशैंमा कम्पनीले च्याङ्ग्राको मूल्य १ हजार २५० रुपैयाँ प्रतिकिलो तोकेको थियो । च्याङ्ग्रामा ग्राहकको आकर्षण नदेखिएपछि भाउ घटाउँदा पनि नबिकेको कम्पनीले जनाएको छ ।

थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खोरमा हाल ९० वटा च्याङ्ग्रा बाँकी छन् । ती च्याङ्ग्राको औसत तौल ३० देखि ३५ किलोको बीचमा रहेको बताइन्छ ।

स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेस गर्न सक्ने छन् । बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ र न्यूनतम कबोल दर प्रतिकेजी १ हजार १२५ रुपैयाँ तोकिएको छ ।

दरभाउ पत्र पेश गर्ने म्याद आगामी पुस १ दिउँसो १२ बजेसम्म छ । दरभाउ पत्र सोही दिन दिउँसो २ बजे खोलिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार