मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

आर्थिक अनियमितता गरेको भन्दै झापाकाे हचुवामासा सामुदायिक वनकाे कार्यालयमा तालाबन्दी

देश प्रदेश डेस्क 5418+ समाचार ( )
७ पौष २०८१, आइतबार

झापा  आर्थिक अनियमितता गरेको भन्दै झापाकाे एक सामुदायिक वनकाे कार्यालयमा तालाबन्दी गरिएकाे छ । स्थानीय सरकारका जनप्रतिनिधिहरुले झापाको अर्जुनधारा १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वन उपभोक्ता समूहकी सचिव प्रभा नेपालले आर्थिक अनियमितता गरेको पुष्टि भएपछि अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, अर्का जनप्रतिनिधि मदन लिङ्देनलगायतको टोलीले कार्यालयको लेखा शाखामा ताला लगाएको हो । सचिव नेपालले गत आर्थिक वर्ष २०८०–०८१ को असार ३० गते १७ किवी काठ बिनाबिल बिक्री गरेकी थिइन् । त्यस अनियमितताका बारेमा कुरा उठेपछि उनले ५० दिनपछि आर्थिक वर्ष २०८१–०८२ को भदौ २० गते त्यसको रकम जम्मा गरेकी थिइन् । त्योसंगै अरु पनि आर्थिक अनियमितता भएको हुनसक्ने आशंकामा  लेखाको काम रोकिदिएको जनप्रतिनिधि लिङ्देनले जानकारी दिए । सचिवले बिल नगरी काठ बिक्री गरेको घटना सार्वजनिक भएपछि वडाध्यक्षको नेतृत्वको टोलीले लेखा शाखामा ताला लगाएको वन समूहका अध्यक्ष चन्द्र प्रसाईले बताए ।

सो घटनापछि सचिव नेपालले राजीनामा दिएकी छन् भने सहसचिव विकास लिम्बूलाई निलम्बन गरिएको छ । वन समूहमा भएका आर्थिक अनियमितताका बारेमा छानविन गर्न सर्वदलीय बैठकमार्फत छानविन समिति गठन गरिने लिङ्देनले जानकारी दिए । साे विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएको छ । वर्तमान कार्यसमितिको कार्यकाल सकिन अब करिव १७ दिन मात्र बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार