मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापा ५ मा एमालेलाई निर्वाचन जित हासिल गर्न सकस

देश प्रदेश डेस्क 5418+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

झापा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ५ मा राजनीतिक सरगर्मी तीव्र बनेको छ। लामो समयदेखि प्रभाव जमाउँदै आएको नेकपा एमाले यसपटक भने सहज अवस्थामा नरहेको आकलन गरिएको छ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को गृहजिल्ला भएकाले झापा–५ सधैँ राष्ट्रिय चासोको केन्द्रमा रहँदै आएको छ। तर यसपटक बदलिँदो राजनीतिक समीकरण, पार्टी परित्यागको लहर र वैकल्पिक शक्तिको सक्रियताले प्रतिस्पर्धा थप पेचिलो बनाएको छ।

विशेषगरी पछिल्लो समय केही प्रभावशाली स्थानीय नेताहरूले एमालेसहित अन्य दल परित्याग गरी खुलेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहलाई जिताउन लागेका छन्। यसले परम्परागत मताधारमा असर पर्ने विश्लेषण गरिएको छ।

गत २०७९ काे निर्वाचनमा उल्लेख्य मतान्तरले जित निकालेको एमाले यसपटक बहुपक्षीय प्रतिस्पर्धामा उभिनु परेकाे छ । आफ्नै पार्टीका कार्यकर्ता खुलेर रास्वपालाई सहयाेग गरिरहेका कारण एमालेले निर्वाचनमा जित हासिल गर्न धेरै मिहिनेत गर्नुपर्ने स्वयम एमालेका नेताहरुकाे भनाइ छ ।

कसैले स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहसँग फोटो खिचेर पार्टी छोडेका छन् भने धेरैले फेसबुकमा लेखेर खुल्ला रुपमा राजीनामा दिँदै बालेन्द्र र परिवर्तनलाई सहयोग गर्ने घोषणा गरेका छन् । काँग्रेस र एमाले परित्याग गरी बालेनलाई सहयोग गर्ने नेता कार्यकर्ताहरू दैनिक जसो बढिरहेका छन् । आफ्नै दलका युवा नेताहरु र काँग्रेस स्थानीय अगुवा नेताहरु बालेनको पक्षमा खुलेर लागेपछि त्यसको सबैभन्दा ठुलो क्षति एमालेलाई पुग्ने देखिएको छ । बालेनको पक्षमा आफ्नै नेता कार्यकर्ता खुलेर लागेको देखेपछि पछिल्लो समय ओली आफै तल्लो तहसम्म पुगेर वस्तुस्थिति बुझ्न र भोट माग्न सक्रिय छन् । 

एमाले नेताहरू भने संगठन मजबुत रहेको र अन्तिम परिणाम आफ्नो पक्षमा आउने दाबी गर्दै घरदैलो अभियानलाई तीव्र बनाएका छन्। तर बहुपक्षीय प्रतिस्पर्धा र दल परित्यागको असरका कारण झापा–५ मा यसपटकको चुनाव परिणाम सहज नभई कडा प्रतिस्पर्धामै टुंगिने संकेत देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार