मुख्य समाचार
झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? |

झापामा व्यक्तिगत स्थायी लेखा नम्बर (पान ) लिनेहरुको संख्या ९६ हजार

देश प्रदेश डेस्क 5187+ समाचार ( )
१८ श्रावण २०८१, शुक्रबार

झापा   गत आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट १४ हजार सात सय जनाले व्यक्तिगत पान नम्बर लिएका छन् । पछिल्लाे समय पारिश्रमिक भुक्तानीमा पान नम्बर अनिवार्य गरिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर (पान ) लिनेहरुको संख्यामा बृद्दी भएकाे हाे  ।

 कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिनेको संख्या कुल ९६ हजार चार १५ पुगेको कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।आर्थिक वर्ष २०७९/८० सम्ममा ८१ हजार सात सय १५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर ( पान) लिएका थिए । एक वर्षमा व्यक्तिगत पान लिने १४ हजार सातसय जना थपिएका छन् ।

प्रमुख कर अधिकृत काफ्लेले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा आयकर, मूल्य अभिवृद्धि कर भ्याट, अन्तःशुल्क, अग्रिम कर कट्टी र व्यक्तिगत पान लिने १९ हजार छ सय ६२ जना नयाँ करदाता थपिएका छन् । आर्थिक वर्ष २०७९/८० सम्म यो संख्या एकलाख ३८ हजार चार सय ३६ रहेको थियो । एक वर्षमा नयाँ थपिएका करदातासहित कुल एकलाख ५३ हजार नौसय ३९ जना करदाता रहेको कार्यालयको अभिलेखले देखाएको छ ।

गत आवमा अग्रिम कर कट्टी गर्ने २२ वटा निकायले मात्र स्थायी लेखा नम्बर लिएका छन् । यो संख्या आर्थिक वर्ष २०७९/०८० सम्म तीन सय १४ रहेकोमा थपिएकासहित यो संख्या तीन सय ३६ रहेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए । उता, मूल्य अभिवृद्धि करतर्फ दर्ता हुने करदाताको संख्या छ हजार तीन सय ३३ पुगेको छ । एक वर्षमा चार सय ३६ जना मूल्य अभिवृद्धि करतर्फ दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० सम्म यो संख्या पाच हजार आठसय ९७ रहेको कार्यालयले जनाएको छ । अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या भने तीन हजार नौसय २९ पुगेको छ । गत आर्थिक वर्षमा एकसय ९६ करदाता अन्तःशुल्कमा दर्ता भएका थिए । सवैभन्दा बढी आयकरतर्फ ४६ हजार नौसय २६ जना करदाता रहेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा थपिएका कुल दुई हजार दुईसय २८ र यस आर्थिक वर्ष अघिसम्मका कुल ४४ हजार छ सय ९८ सहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा आयकरतर्फ ४६ हजार नौसय २६ जना करदाता पुगेको बताइएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरको कार्यक्षेत्रअन्तर्गत झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, कन्काई र अर्जुनधारा नगरपालिका र बाह्रदशी, बुद्धशान्ति, कचनकवल, झापा र हल्दीबारी गाउँपालिका रहेका छन् । कोशी प्रदेशका झापा, इलाम, पाँचथर र ताप्लेजुङगरी चारवटा जिल्लाका ठूला करदाताहरुलाई भद्रपुर कार्यालयले सेवा प्रवाह गर्ने गरेको छ ।

यद्यपि करदाताको सुविधाका लागि यसै कार्यालयको मातहतमा रहनेगरी प्रत्येक जिल्लामा करदाता सेवा कार्यालय रहेका छन् । करचुक्ता प्रमाणपत्र प्रदान गर्ने, विभिन्न प्रकारका कर संकलन गर्नेलगायतका काम सेवाकेन्द्रले गरेपनि ठूलाठूला मुद्दा मामिला आए आन्तरिक राजस्व कार्यालय भद्रपुरले हेर्ने प्रमुख कर अधिकृत काफ्लेको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार