मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

सङ्कटहरेश्वर विश्रान्ति घाटमा लगाइएको पुराणको हिषाब सार्वजनिक
सङ्कटहरेश्वर विश्रान्ति घाटमा लगाइएको पुराणको हिषाब सार्वजनिक

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३ कार्तिक २०८०, शुक्रबार

झापा झापा भद्रपुर ७ स्थित सङ्कटहरेश्वर विश्रान्ति घाटमा लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा ४७ लाख भन्दा बढी रकम दाताहरुबाट सहयोग भएको छ ।
ज्ञात अज्ञात समस्त पितृहरुको उद्दार गर्ने उदेश्यले भदौ ३० गते देखी असोज ६ सम्म  सञ्चालन भएको पुराणमा ४७ लाख ९८ हजार ७ सय ८५ रुपैयाँ सहयोेग भएको थियो ।
 पुराण आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि हिषाब सार्वजनिक गरेको हो । समितिले दिएको जानकारी अनुसार पर्सादी सहयोगबाट १ लाख ६० हजार, मण्डप भेटीबाट १ लाख १४ हजार ८ सय ३६ रुपैयाँ, दान पेटिकाबाट २७ हजार १ सय ४३ रुपैयाँ , विभिन्न दाताबाट पुराण सहयोग वापत ४२ लाख ९८ हजार ४ सय ४६ रुपैयाँ, अक्षय कोष वापत ३१ हजार लगायतबाट आम्दानी भएको उल्लेख गरिएको छ ।
त्यसैगरी खर्च तर्फ पाण्डल निर्माण तर्फ २ लाख ४५ हजार, खाद्यन्य सामग्री तर्फ २ लाख ७१ हजार १ सय १३ रुपैयाँ लगायत गरी १९ लाख ६१ हजार २ सय २९ रुपैयाँ खर्च भएको समितिका कोषाध्यक्ष महतलाल राजवंशीले जानकारी गराएका थिए । आम्दानी र खर्च काटेर २८ लाख ३७ हजार ५ सय ५६ रुपैयाँ बचत गर्न सफल भएको उनले बताए ।  
समितिका अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रेमनाथ चुडालले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार