मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

झापाका कार्यालय प्रमुखहरूले सूचना नदिएमा मलाइ भन्नुस - प्रजिअ बास्तोला

देश प्रदेश डेस्क 5423+ समाचार ( )
७ पौष २०८०, शनिबार

झापा  झापाका प्रमुख जिल्ला अधिकारी  बन्धुप्रसाद बास्तोलाले सूचना नलुकाउन सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन्।  

केहीदिन अघि सरुवा भएर झापा आएका प्रमुख जिल्ला अधिकारी बास्तोलाले पत्रकारहरूसँग गरेको संक्षिप्त परिचयात्मक कार्यक्रममा कार्यालय प्रमुखहरूलाई यस्तो निर्देशन दिएको बताए। 

यहाँ कार्यालय प्रमुख तथा सूचना अधिकारीहरूले सूचना लुकाउने गरेको गुनासाहरू सुनिन्छ। कार्यालयमा हुने गरेका गतिविधिहरूका बारेमा अब सूचना लुकाउन पाइँदैन। ‘त्यसैले बिहीबार कार्यालय प्रमुखहरूसँग बसेको पहिलो बैठकमै विगतमा जे भएपनि अबदेखि आम नागरिक तथा पत्रकारहरूले मागेको सूचना तत्काल उपलब्ध गराउनु पर्ने निर्णय गरेका छौँ,’ प्रजिअ बास्तोलाले भने। 

सूचनाको पहुँचबाट कसैलाई पनि वञ्चित हुन नदिन आफू लागि पर्ने बताउँदै प्रजिअ बास्तोलाले भने, ‘सूचना अधिकारी नभएको वा नतोकेको कार्यालयहरूले तुरुन्त सूचना अधिकारी नियुक्त गरी सूचना प्रवाह गर्न निर्देशन दिइसकेका छौँ।’ 

कार्यालयहरूले सूचना उपलब्ध नगराए वा आनाकानी गरेमा तुरुन्त जानकारी गराउन उनले आग्रह समेत गरेका छन्। जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बताउँदै उनले भने, ‘शान्ति सुरक्षा खलबलाउने र आपराधिक क्रियाकलाप गर्ने व्यक्तिसँग कुनै सम्झौता हुँदैन, त्यस्ता व्यक्तिलाई पक्राउ गरी कानुनी दायरमा ल्याउँछौँ।’ 

जिल्लाको ठप्प बनेका विकास निर्माणका कार्य, हात्ती समस्या, डुबान, कालोबजारी, मिटरब्याजी, लागूऔषध, चोरी तस्करी मुख्य चुनौती रहेको छ। त्यसतर्फ प्रहरी, प्रशासन कटिबद्ध भएर लाग्ने उनको भनाइ छ। ‘आफू विवादित काम नगर्ने र चर्चामा पनि नआउने व्यक्ति हुँ, त्यसैले कानुनी दायरमा रहेर जिल्लाको प्रशासनिक कामकाजलाई अघि बढाउने छु,’ उनले भने।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार