मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

१४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको नि:शुल्क उपचार

देश प्रदेश डेस्क 5424+ समाचार ( )
१२ कार्तिक २०८१, सोमबार

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । 

न्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामथ्र्यका आधारमा धेरै धनराशी खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ । यसैअन्तर्गत मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेको सचिवालयले जनाएको छ । सचिवालयले सोही पहलअनुसार नै हिजो आइतबार निर्णय भएको उल्लेख गरेको छ ।

नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार