मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भोजपुरमा २१ वर्षपछि पक्राउ परे हत्याका दुई आरोपी

देश प्रदेश डेस्क 5418+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

भोजपुरमा हत्या भएको २१ वर्षपछि प्रहरीले दुई जना आरोपीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयले भोजपुरले २०५९ माघ २४ गते राति भएको हत्याका दुई आरोपितलाई पक्राउ गरेको डिएसपी सुदिपराज पाठकले जानकारी दिए। 

त्यसराति टेम्केमैयुङ गाउँपालिका-४ का भक्तबहादुर राईको हत्या भएको थियो। चिरपट र घरेलु हतियारले प्रहार गरी राईको हत्या भएको थियो।

उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने प्रश्नजंग राई र ५८ वर्षीय सौरज भन्ने सौ राज राईलाई पक्राउ गरेको छ। उनीहरू दुबै जनालाई प्रहरीले सोमबार पक्राउ गरेको डिएसपी पाठकले बताए। 

प्रहरीले उनीहरूलाई पक्राउ गर्न भोजपुर जिल्ला अदालतबाट गत वर्ष माघ १५ गते पक्राउ अनुमति लिएको थियो। तर उनीहरू पक्राउ परेका थिएनन्। 

यसरी लामो समय पक्राउ नपरेपछि हद म्यादको समेत प्रश्‍न उठेको थियो। 

त्यसपछि प्रहरीले काठमाडौंस्थित महान्यायाधिवक्ता कार्यालयमा सुझाव लिएको डिएसपी पाठकले बताए।

‘हदम्यादका विषय आएपछि हामीले महान्यायाधिवक्ता कार्यालयमा सम्पर्क गरेका थियौं। त्यहाँबाट यसमा प्रक्रिया अघि बढाउन मिल्छ भन्ने भएपछि हामीले पक्राउ गरेका हौं,’ उनले भने।

उनका अनुसार पूर्व रिसिइबीका कारण प्रश्नजंगसहितको समूहले भक्तबहादुरको हत्या गरेका हुन्। यसमा संलग्न अन्य व्यक्तिहरूको पनि प्रहरीले खोजी गरिरहेको छ।

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान गर्न अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति प्रहरीले पाइसकेको छ। 

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय भोजपुरले लामो समय अघि घटना भई मुद्दामा पक्राउ पर्न बाँकी रहेका व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार