मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

'लाज शरणम्' फिल्मको प्रचारमा रोक

देश प्रदेश डेस्क 5418+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

उच्च अदालत पाटनले 'लाज शरणम्' फिल्मको प्रचारमा रोक लगाएको छ।

मंगलबार पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश हेमन्त रावलको इजलासले उक्त सिनेमाको प्रचारमा रोक लगाएको हो।

जन्मकैदको सजाय भुक्तान गरिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमले माघ २४ गते उच्च अदालत पाटनमा उक्त सिनेमा विरूद्ध निवेदन दिएका थिए।

जेपिटी क्रिएसन प्रालिको प्रस्तुतिमा कार्यकारी निर्मातामा अर्जुन घिमिरे (पाँडे) रहेको सिनेमा 'लाज शरणम्' को पोस्टर र टिजर सार्वजनिक गरिएको थियो। पोस्टर र टिजरमा सिताराम कट्टेल 'धुर्मुस' ले गरेको अभिनय आफूसँग मिलेको भन्दै अफताब आलमले निवेदन दिएका थिए।

'अनुहारसँग हुबहु मिल्ने गरी मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज सहितको व्यक्तिगत आवरण बनाएर अनुमति/सहमति नलिई मुख्य पात्रको रूपमा अभिनय गरेको…,' निवेदकले भनेका छन्।

उनको निवेदनमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।

चलचित्र विकास बोर्डको सिफारिसमा केन्द्रीय चलचित्र जाँच समितिमा अनुमतिका लागि पेस भएको तर त्यहाँबाट अनुमति प्रदान नगरिसकेको अवस्था भएकाले त्यस अगावै आलमको आवरणसँग हुबहु हुने गरी प्रसारण गर्न नहुने आदेश भएको हो।

 'सक्किगोनि' टिमद्वारा निर्मित फिल्म 'लाज शरणम्' फागुन १४ बाट देशभरका हलमा प्रदर्शन हुँदैछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार