मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

टिकटक बन्द होइन, नियमन गर्नुपर्छः रास्वपा

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार

झापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले टिकटक बन्द नभई नियमन गर्नुपर्ने बताएको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

यसबारे टिप्पणी गर्दै रास्वपाका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले बन्द समाधान नभएको बताएका हुन्।

‘सामाजिक सञ्जालसँग सम्बन्धित विषय विज्ञहरू पनि छन्। उहाँहरूसँग छलफल गरेर कसरी नियमन गर्न सकिन्छ, यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, भन्नेबारे छलफल गर्नुपर्थ्यो। टिकटकका राम्रा कुराहरू पनि होलान्, त्यसको उपयोगबारे पनि सोच्न सकिन्थ्यो। तर, बिदाको दिन पारेर सरकार बन्द गर्ने निर्णयमा पुग्यो। यसबारे हामी केहीबेरमा धारणा सार्वजनिक गर्छौं,’ उनले  भने।

यस्तै, रास्वपा सांसद शिशिर खनालले सरकारले टिकटक बन्द गर्ने निर्णय ठीक नभएको बताएका छन्।

‘सामाजिक सञ्जाल (लगायत अन्य माध्यम) को गलत प्रयोगलाई नियमन गर्नुपर्छ। तर एउटा मात्र प्लेटफर्मले गर्दा सामाजिक सद्भाव बिग्रियो, राष्ट्रियता कमजोर भयो भन्नु प्रविधिको विकासलाई नबुझ्नु हो। टिकटक त धेरैमध्ये एउटा माध्यम हो। सरकार अधिनायकवादी बाटोमा हिँड्न खोज्यो। यस्ता निर्णयहरूले अभिव्यक्ति स्वतन्त्रतलाई कुठिण्त गर्छ। सरकारले यो निर्णय तुरून्त फिर्ता गरोस्,’ उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार