मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

ज्ञानोदय शिक्षक साकोस भद्रपुरद्धारा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

झापा ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमीटेड भद्रपुर ८ ले एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष गोपिकृष्ण न्यौपानेको सभापतित्व तथा प्रशिक्षक बद्री कार्कीको प्रमुख आतिथ्यमा शनिबार संस्थाकै कार्यालयमा सम्पन्न भएको हो ।
नरेन्द्र जनता माध्यमिक विद्यालय कमल १ का प्रधानाध्यापक समेत रहेका  कार्यक्रमका मूख्य प्रशिक्षक कार्कीले सहकारी सम्बन्धी विविध विषयका बारेमा महत्वपूर्ण प्रशिक्षण दिएका थिए । त्यसैगरी संस्थाका अध्यक्ष न्यौपानेले आन्तरिक प्रशिक्षण दिएका थिए ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि उपाध्यक्ष धनकुमारी खरेल(लता)ले प्रष्ट पारेको कार्यक्रममा ३० जना भन्दा बढी सहभागि भएका थिए ।
सचिव डिल्लीराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार संयोजक एवम निबर्तमान अध्यक्ष गोकुलराज न्यौपानेले शुभकामना मन्तव्य राख्दै सहकारी स्थापना गर्दा भएको इतिहास सुनाएका थिए ।  
झापा भरीका शिक्षक शिक्षका लाइ मध्यनजर गरी २०६५ वैशाख २२ मा स्थापना भएको संस्थामा हाल २सय ३२ जना पुरुष र बाँकी महिला गरी ४ सय ६३ जना शेयर सदस्य रहेका छन् भने करिब ७ करोडको कारोबार रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार