मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

माेरङमा बर्ड फ्लु भेटियाे

देश प्रदेश डेस्क 5421+ समाचार ( )
६ चैत्र २०८२, शुक्रबार

झापा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुरामा बर्ड फ्लु (एभिएन इन्फ्लुएन्जा) पुष्टि भएको छ ।

चैत ४ गते सङ्कलन गरिएको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा मलिकुलर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि भएपछि यसलाई अन्यत्र फैलिन नदिन पशु सेवा विभागले दक्ष प्राविधिक टोली परिचालन गरेको  पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिएका छन्

महानिर्देशक दाहालका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट प्रभावित क्षेत्रको ‘चार किल्ला’ प्रमाणित गरी नियन्त्रणको प्रयास सुरु गरिएको छ । सङ्क्रमित क्षेत्रका घरपालुवा पन्छी र पन्छीजन्य पदार्थ नष्ट गरी निसङ्क्रमण गर्ने कार्य भइरहेको विभागले जनाएको छ ।

विभागले रोग नियन्त्रणका लागि सङ्घीय, प्रदेश र स्थानीय तहका निकाय सक्रिय भएको बताउँदै कृषक तथा व्यवसायीलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेश रोक्न, प्रवेश गराउनै परेमा पूर्ण रूपमा निसङ्क्रमण गर्न र कामदारहरूले छुट्टै बुट तथा एप्रोन प्रयोग गर्न विभागको सुझाव छ।

यस्तै, प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग नगर्न, मरेका कुखुरालाई गहिरो खाडलमा पुर्न र एक फार्मको कामदार अर्को फार्ममा नजान पनि आग्रह गरिएको छ । धेरै सङ्ख्यामा कुखुरा बिरामी परेमा वा मरेमा तत्काल नजिकैको पशु सेवा केन्द्रमा खबर गर्न र पन्छीको अनिवार्य बिमा गर्न समेत विभागले ध्यानाकर्षण गराएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार