मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

झापामा प्लाष्टिकजन्य फोहोरबाट ब्लक उत्पादन सुरु

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

झापा कनकाई-बिर्ता-अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले ब्लक (पेवर्स) को उत्पादन सुरु गरेको छ । फोहोर व्यवस्थापनसँगै बायोग्यास उत्पादन गरिरहेको नविकरणीय उर्जा परियोजनाले प्लाष्टिकजन्य फोहोरबाट पेवर्स उत्पादन सुरु गरेको हो । एक हप्ता परीक्षणकालिन उत्पादन गर्ने बताइएको छ ।

झापाको बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको उर्जा परियोजना पब्लिक लिमिटेड हो । निजी तथा स्थानीय सरकारको लगानी रहेको परियोजनाले दैनिक २ हजार थान पेवर्स उत्पादन गर्ने परियोजनाका मेकानिकल इन्जिनियर मोहमद नसिम अलीले जानकारी दिए । १ करोड ७१ लाख लगानीमा सञ्चालनमा ल्याइएको प्लाष्टिक ब्लक मेकिङ मेसिन २४ घण्टा सञ्चालन गर्न सकिने छ । उनका अनुसार मेसिन सञ्चालनका लागि १० जना जनशक्तिको आवश्यक पर्नेछ ।

भारतबाट ल्याइएको अटोमेटिक मेसिनले बालुवा र प्लाष्टिकको मिश्रण आफै मिलाउने छ । ७०/३०, ६०/४० मिश्रण हुने प्लाष्टिक र बालुवाबाट ब्लक तयार गरिने छ । पहिलो चरणमा प्लाष्टिकलाई टुक्राएर ६० देखि ७० डिग्री तापक्रममा गलाएर लेदो बनाइने ई. अलीले जानकारी दिए । लेदोलाई प्रेस मेसिनमा राखेर ३० टनको लोड दिएर ब्लक निर्माण गरिने छ । ब्लकलाई विभिन्न आकारमा निर्माण गरेर केहीबेर पानीमा राखिने छ । ब्लकको भार क्षमता ८० टन रहेको ई. अलीले जानकारी दिए । मेन्टिनेन्स राम्रो भएमा ३० औं वर्षसम्म ब्लकले काम गर्नेछ ।

प्लाष्टिक र बालुवाबाट निर्मित ब्लकको मुल्य प्रति गोटा १२ रुपैयाँ पर्नेछ । सिमेन्टबाट निर्मित ब्लकको मुल्यभन्दा झण्डै आधा खर्चमा पाइने ब्लक सडक निर्माणदेखि घर कम्पाउण्डमा प्रयोग गर्न सकिन्छ ।

फुलफेजमा मेसिन चलाउन दैनिक ४ टन प्लाष्टिक चाहिने उर्जा परियोजनाले जनाएको छ । ४ टन प्याष्टिकबाट २ हजार ब्लक बनाउने सकिने बताइएको छ । अहिले नगरपालिकाहरुबाट पुरा फोहोर प्लान्टमा पुग्न सकिरहेको छ । सबै पालिकाले फोहोर पठाउन थालेपछि आवश्यक प्याष्टिकको व्यवस्था हुने उनको भनाई छ । अहिले दैनिक डेढ टन प्लाष्टिक संकलन भइरहेको बताइएको छ ।

४ अघिदेखी निर्माण सुरु गरिएको कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा परियोजनाले वर्गीकरण गरेको फोहोरबाट बायोग्यास र ब्लक निर्माण गर्नेछ । बायोग्यास उत्पादन भइरहे पनि त्यसको विक्री हुन सकिरहेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार