मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

दुई वटा सडक निर्माण गर्न मेचीनगरलाई विश्व बैंकको एक अर्ब सहयोग

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२२ पौष २०८०, आइतबार

झापा झापाको मेचीनगर नगरपालिकाका दुई वटा मुख्य सडक निर्माणका लागि विश्व बैंकले एक अर्ब ३ करोड रकम सहयोग गरेको छ । मेचीनगरको वडा नंं ९ र १० जोड्ने धुलाबारी मोडदेखि धुलाबारी बजार हुँदै थोप्लेबिरान सामुदायिक वन समूहको कार्यालयसम्मको ५ दशमलव ३ किलोमिटर र मेचीनगर ६ को काकरभिट्टास्थीत भट्टराई चौकदेखि मेचीनगर ४ को बाहुनडाँगी बजारसम्मको ८ दशमलव ५ किलोमिटर बाटो निर्माणका लागि विश्व बैंकले ७८ लाख अमेरिकी डलर अर्थात नेपाली रुपैया एक अर्ब ३ करोड सहयोग उपलब्ध गराउने झापा क्षेत्र नं. १ का प्रतिननिधिसभा सदस्य विश्वप्रकाश शर्माले बताए ।

सांसद शर्माले दिएको जानकारी अनुसार ७ प्रदेशका ३३ स्थानीय तहलाई शासकीय सुधार तथा पुर्वाधार आयोजनाका लागि एक अर्ब ५० करोड अमेरिकी डलर अर्थात करीब २ खर्ब नेपाली रुपैयाँ सहयोग उपलब्ध गराउने मध्ये मेचीनगर नगरपालिका क्षेत्रका दुई वटा सडक निर्माणका लागि ७८ लाख अमेरिकी डलर बिनियोजन भएको हो ।

धुलाबारी मोडदेखि बजारहुँदै खुट्टिडाँगी भएर थोप्लेबिरान सामुदायिक बन समूहको कार्यालयसम्म जोड्ने सडकको चौडाई १२ मिटर चौडाईको बाटो हुने र उक्त सडक ड्रेन सहित दुई लेनको हुनेछ भने काँकरभिट्टादेखि बाहुनडाँगी बजारसम्मको बाटोको चौडाई ११ मिटरको हुनेछ । उक्त सडक पनि ड्रेन सहितको दुई लेनको हुने सांसद शर्माले जानकारी दिए ।

यसै साता ठेक्का प्रक्रियामा जाने यी दुई सडक  निर्माणका लागि २०८२ असार ३१ सम्मको अवधी रहने बताइएको छ । गत बजेटमा समेत सडक निर्माणका लागि १७ करोड रुपैयाँ मेचीनगरमा निकासा भएको सांसद शर्माले बताए । उनले पछिल्लो समय मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुख बिच भएको विवादले विकास निर्माणको प्रक्रियामा असर नपर्ने विश्वास समेत लिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार