मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

साढे १० करोडको बिजुली दैनिक निर्यात

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

साढे १० करोडको बिजुली दैनिक निर्यात

असार लागेसँगै नेपालले दैनिक न्यूनतम साढे १० करोड रुपियाँ बराबरको विद्युत् निर्यात गर्न थालेको छ ।

अघिल्लो साता मनसुन सक्रिय भई वर्षा हुँदा जलप्रवाह बढेपछि विद्युत् निर्यात पनि बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । असार १ गतेदेखि नेपालले बङ्गलादेशमा दैनिक ४० मेगावाट, भारतको विहार राज्यमा १२५ मेगावाट र हरियाणा राज्यमा दुई सय मेगावाट विद्युत् नियमित निर्यात गर्दै आएको छ । प्राधिकरणको लोड डिस्प्याच सेन्टरको पछिल्लो तथ्याङ्क अनुसार गएको शनिबार मात्रै नेपालबाट २४ घण्टामा १५ हजार ९१८ मेगावाट विद्युत् निर्यात हुँदा १० करोड ७१ लाख रुपियाँ आम्दानी भएको छ ।

बङ्गलादेशमा प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा विद्युत् निर्यात भइरहेको छ । विहारको निर्यातमा नेपालको विद्युत्बाट प्रतियुनिट आठ रुपियाँ ७२ पैसा मूल्य प्राप्त भइरहेको छ भने उत्तरप्रदेशको दर पनि सोही हाराहारीमा छ तर अहिले आइइएक्समा नेपालको विद्युत्ले राम्रो मूल्य नपाइरहेको आँकडाले देखाउँछ । आइइएक्समा तीनदेखि चार रुपियाँमै पनि विद्युत् निर्यात गर्नु परिरहेको तथ्याङ्क छ । सबैखाले विद्युत् निर्यातको प्रतियुनिट दर अहिले करिब छ रुपियाँ ७० पैसा रहेको छ । 

नेपालले बङ्गलादेशमा पाँच महिनामा ४० मेगावाटका दरले विद्युत् निर्यात गर्दा कुल एक अर्ब २५ करोड रुपियाँ प्राप्त गर्ने प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार