मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

अर्जुनधाराकाे बजेट ८९ करोड ८५ लाख

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१० आषाढ २०८३, बुधवार

झापा अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि ८९ करोड ८५ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरपालिकाको १९ औँ नियमित अधिवेशनमा बुधबार उपप्रमुख  खड्गमाया पराजुलीले  बजेट प्रस्तुत गरेकी थिइन् ।

 पूर्वाधार विकासतर्फ १० करोड ६८ लाख, वडास्तरीय कार्यक्रमका लागि ९ करोड ९० लाख, सामाजिक विकासतर्फ ५ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ४४ लाख, संस्थागत विकास तथा सुशासनमा १ करोड २९ लाख र आर्थिक विकासतर्फ १ करोड ११ लाख रुपैयाँ छुट्ट्याइएको छ । नगरपालिकाको प्रशासनिक खर्चका लागि १७ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ  ।

संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १७ करोड २५ लाख, राजस्व बाँडफाँडबाट १४ करोड ४७ लाख र सशर्त अनुदानबाट ३४ करोड ३५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश वित्तीय समानीकरणबापत १ करोड ६० लाख २३ हजार र राजस्व बाँडफाँडबापत १ करोड ७३ लाख ७७ हजार रुपैयाँ प्राप्त हुनेछ । नगरपालिकाले आन्तरिक कर तथा राजस्व संकलनबाट ७ करोड ५० लाख, मालपोत रजिष्ट्रेसनबाट ५ करोड र जनसहभागिताबाट २ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार