झापाकाे भद्रपुर ४ स्थिति मकैबारीमा एक जना पुरुष मृत अवस्था भेटिएका छन् ।
प्रहरीका अनुसार भद्रपुर ४ बद्रीगाउँ स्थित मकैबारीमा अन्दाजी ४०/४५ बर्षको पुरुषको शव फेला परेको हाे ।
निलोलो रङको हाफ पाइन्ट, कालो भेष्ट र बाँया हाथमा घडी लगाएको, उतानो परेको अबस्थामा तत्काल नाम थर बतन नखुलेको देखि स्थानीय मार्फत आज बिहान ८:५० बजेको समयमा प्रहरी चोैकी महेशपुरमा जानकारी गराउन साथ प्रहरी चौकी महेशपुर बाट प्रहरी साहायक निरिक्षक रबिन खड्काको कामण्डमा प्रहरी टोली गई घट्ना स्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरिक्षकाे कमाण्ड घटनास्थल गएकाे प्रहरीले जानकारी दिएको छ ।