मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

रास्वपाका सभापतिलाई भैरहवा पुर्याइयाे, दुई दिन प्रहरीको हिरासतमै राखिने

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२३ चैत्र २०८१, शनिबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा पुर्याएको छ । सहकारी ठगी प्रकरणमा काठमाडौँबाट हिजो शुक्रबार राती पक्राउ परेका लामिछानेलाई आज शनिबार बिहान भैरहवा पुर्याएको हो ।

यती एयरलाइन्सको विमानमार्फत आज बिहान ९.१२ बजे लाछिानेलाई गौतमबुद्ध विमानस्थल भैरहवामा पुर्याइएको छ । लामिछानेलाई प्रहरीले भैरहवा विमानस्थलबाट सिधै जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिसकेको छ ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा हिजो बूढानीलकण्ठस्थित हेपाली हाइटस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई हिजो भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो ।

आज शनिबार र भोलि आइतबार लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ भने लामिछानेलाई सोमबार अदालत खुलेपछि लामिछानेलाई पेस गरेपछि मात्रै उनलाई कारागार पठाइने भएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो बेलुका रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि उनी हिजै राती नै पक्राउ परेका थिए । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको थियो । यद्यपि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार