मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |
मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |


पूर्णमहाकुम्भको तयारीः सात महिनामा माखो मरेन, कुम्भस्थल चतराको कन्तविजोग

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१६ कार्तिक २०८०, बिहीबार

झापा चतराधाममा प्रत्येक बाह्र वर्षमा लाग्दै आएको पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आउन मात्र पाँच महिना बाँकी छ । मेला तयारीका लागि सात महिना अघि औपचारिक तयारी सुरु गरिएको घोषणा गरिए पनि समितिसमेत गठन हुन सकेको छैन । 

यता धामको सौन्दर्यीकरणमा कसैले चासो नदिंदा धार्मिक स्थलको कन्तविजोग बन्न पुगेको छ ।

चतराधाम पुग्ने बाटाघाटा जीर्ण छन् । कुम्भस्थल आसपासका बाटाहरुसमेत स्तरीकरण र पुनर्निर्माण  हुन सकेका छैनन् । महाकुम्भ नजिकिंदै गर्दा चतराधामको अवस्था दयनीय र उजाड देखिएको वराह युथ क्लबका अध्यक्ष साजन राईले दुखेसो व्यक्त गरे । 

भारतका विभिन्न सहरमा लाग्ने कुम्भमेला र त्यहाँको भौतिक निर्माण र सहज आवागमन देखेका स्थानीयले चतराधाम पिछडिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

‘सडक–बाटो हेर्दा टिठ लाग्दो छ, कुम्भस्थल भनिन्छ, वरपरको अवस्था हेर्दा नाजुक छ,’ क्लबका अध्यक्ष राईले भने,‘सौन्दर्यीकरणमा कसैले चासो लिएको देखिंदैन, धार्मिक क्षेत्रको नाम मात्र छ, गतिलो काम भएको छैन ।’

क्लबका अध्यक्ष राईले कुम्भ मेलाले ऋण लगाउनेबाहेक केही हुन नसकेको बताए । व्यवस्थापन फितलो हुँदा ऋणमाथि ऋण थपिएको उनले बताए ।

बराहक्षेत्र बहुआयामिक सचेतना समूहका अध्यक्ष दिलकुमार राईले चतरा विकासका अनगिन्ती अवरोध रहेको बताए । उनले शून्य जवाफदेहिता हुँदा अस्तव्यस्तता रहेको बताए । 

सडक निर्माण, पार्किङ, जग्गा अतिक्रमणलगायतका समस्याले चतराधाम गिजोलिएको अध्यक्ष राईले बताए । उनले समिति र पदाधिकारीले स्थानीयवासीको अवमूल्यन र उपेक्षा गरेका कारण साथै पुराना धार्मिक स्थलको विलयका कारणसमेत चतराधामलाई माथि उठाउन नसकिएको बताए । 

‘मेलाका बेला तीर्थयात्री र भक्तजनमाथि महँगी थोपर्नाले भक्तजन आजित भएका छन्,’ अध्यक्ष राईले भने, ‘अनियन्त्रित बजारमूल्यका कारण पनि दोहोर्याएर भक्तजन आउन चाहाँदैनन्, यस्ता विषयमा सरोकारवाला चनाखो हुनुपर्छ ।’ 

मेलाका लागि आवश्यक पूर्वाधार र दीगो विकासका योजना नहुँदा समस्या आएको उनले बताए । 

पुराना कमिकमजोरीलाई सुधार गरेर लानुपर्ने स्थानीय युवा रोजन शाक्य बताउँछ्न् । ‘कुम्भ मेला भनेपछि धर्म, सम्प्रदायका सबैलाई अटाउन सक्ने हुनुपर्छ, कुनै सम्प्रदायको सिण्डिकेट हुनु हुँदैन,’ शाक्यले भने, ‘स्थानीय युवा परिचालन गर्ने र महाकुम्भको व्यापक प्रचारप्रसार हुनुपर्छ, भक्तजनले सुरक्षित महसुस गर्नसक्नुपर्छ ।’ 

कुम्भ मेलाको तयारीका लागि समिति गठन गर्ने उद्देश्यसहित भेला गर्नेबाहेक केही तयार हुन सकेको छैन । न त भेलाले समिति नै गठन गर्न सक्यो ।  कुम्भ मेला लाग्ने स्थल चतरा धामसमेत उराठ लाग्दो देखिएको उनले बताए । 

ठीक एक वर्षअघिदेखि आन्तरिक तयारी भन्दै समिति गठनका लागि भेला गरिए पनि समिति गठन हुनसकेको थिएन । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको उपस्थितिमा समेत समिति गठनका लागि भेला गरिएको थियो । 

आगामी चैत महिनामा लाग्ने कुम्भ मेलाका लागि समिति गठनका लागि गत ०७९चैत्र २७ गते चतरास्थित राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठानस्थित जगद्गुरुपीठमा नगरप्रमुख रमेश कार्कीको उपस्थितिमा भेला भएको थियो ।

पूर्ण महाकुम्भ मेला आगामी २०८० चैत्र २७ गतेदेखि  २०८१ वैशाख अक्षय तृतीयासम्म लाग्दैछ । कुम्भस्थलको सौन्दर्यीकरणका लागि बजेट विनियोजन नभएको नगर प्रमुख कार्कीले बताए । उनले महाकुम्भ मेलामा प्रयोगमा आउने पण्डालका लागि भनेर एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । 

‘धार्मिक क्षेत्रका लागि बजेट नै नछुट्टिएको भने होइन,’ नगर प्रमुख कार्कीले भने, ‘चतराधाम भनेर औलिया बाबा मठको सौन्दर्यीकरणका लागि १ करोड, वराहक्षेत्र मन्दिरका लागि एक करोड छुट्टिएर आएको छ ।’ 

नगरप्रमुख कार्कीका अनुसार कोशीपुलदेखि वराहक्षेत्र जोड्ने बाटोका लागि ३ करोड ९५ लाख रुपैयाँमा टेण्डरको प्रकृयामा सुरु भएको र तमोर करिडोर परियोजनाले काम गर्ने जानकारी दिए । 

कुम्भ मेलाको तयारीका लागि भने तिहार पछाडि योजनाबद्ध काम गर्ने नगर प्रमुख कार्कीले बताए ।

जगदगुरु पीठका पीठाधीश जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले महाकुम्भको प्रयोजनका लागि केही दिनमा बृहत् भेला गर्ने जानकारी दिए । 

चतराधाम परिसरमा प्राचीन स्थल चतरा गद्दी मठ, छिन्नमस्ता भगवती, महाङ्काल भगवती मन्दिर, हनुमान मन्दिर, वराहस्तम्भ, भूवराह रामानुज, सिंहदेवी भगवतीलगायतका धार्मिक मठमन्दिर अवस्थित छन् । निम्वार्कचार्य, रामानन्दाचार्य, रामानुजाचार्य, जोशमुनि सम्प्रदाय, ओमकार, अद्वैतलगायत विभिन्न भक्ति, सम्प्रदाय र मार्गका धार्मिक संस्था चतराधाममा अवस्थित छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार