मुख्य समाचार
जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित |

शिवसताक्षीका किशोर दुई दिनदेखि बेपत्ता , खोजिदिन सबैलाई आग्रह

देश प्रदेश डेस्क 5189+ समाचार ( )
५ जेठ २०८२, आइतबार

शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलझिलेका एक किशोर २४ घण्टा लामो समयदेखि बेपत्ता भएका छन् । झिलझिले माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय प्रचिन लुइटेल शनिबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

परिवारका अनुसार प्रचिन आफ्नी दिदी पुष्पा लुइटेलसँग शनिवार काँकरभिट्टा गएका थिए । पुष्पाले भनिन् ‘ शनिवार भएकाले उ स्कूल गएको थिएन । भाईलाई एक्लै घरमा छोड्न भन्दा पनि आफै संग लैजान महिले उचिन ठाने  । हामी दुवै जना आफन्त भेट्न काकडभिट्टाको बर्मेली टोल गएका थियौँ । घरायसी सामान किन्न म पानी ट्याङ्की जानुअघि भाइलाई ठुलो मम्मिको घरमै छोडेकी थिएँ । फर्केर आउँदा उनी घरमा थिएनन् ।’ ठूलो मम्मीको अनुसार ‘शौचालय जान्छु भनेर घर बाहिर निस्केका थिए । तर त्यसपछि उनी अहिले सम्म सम्पर्कमा आएका छैनन्,’ दिदी पुष्पाले भनिन् ।

वेपत्ता किशोरका परिवार, अन्य आफन्तले चिनजानका ठाउँ र काँकरभिट्टाका गल्ली–गल्लीसम्म खोजी गरे पनि उनी फेला परेका छैनन् । स्थानीय प्रहरीको सहयोगमा सिसी क्यामेराका फुटेजसमेत हेर्यौ तर किशोरको अत्तो पत्तो नभएको खोजिमा संलग्न आफन्तले बताएका छन् ।

बेपत्ता प्रचिनको खोजीमा परिवारले सञ्चारकर्मी, प्रहरी, कानुन व्यवसायी लगायत आम नागरिकसँग सहयोगको अपिल गरेका छन् । किशोर बेखवर भएपछि आफन्तले इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय झिलझिलेसमेत लिखित उजुरी दिएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले पनि किशोर बेपत्ता भएको पुष्टि गरेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले भने, ‘हामीले खबर प्राप्त गरेपछि मातहतका सम्पूर्ण प्रहरी इकाइलाई सूचना पठाएका छौं । यतिबेला खोजी कार्य तीव्र पारिएको छ ।’

आफन्तले पनि कुनै कारणले बेखवर भएको भए प्रचिनलाई घर फर्कन अनुरोध गरेका छन् । 

किशोर की आमाको कारोना संक्रमण भएर मृत्यु भएको थियो । बाबु बैदेशिक रोजगारमा छन् । उनि दिदी पुष्पा संग बस्दै आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार