मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

इन्डोनेसियाको सुपारी नेपालबाट तस्करी !

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१२ कार्तिक २०८०, आइतबार

झापा झापाको मेची नदीकिनारमा प्रहरीको आँखा छल्दै सुपारी पारि लैजानेको दैनिक लाइन नै हुन्छ। ती भारतमा सबैभन्दा बढी बिक्री हुने सुपारी यो नाका हुँदै भारत जान्छ। तर, नेपालको किसानको भन्दा धेरै इन्डोनेसियाबाट नेपाल आएको सुपारी तस्करीको माध्यमबाट भारत पुग्छ। 

इन्डोनेसियाबाट सुपारीको पैठारी गर्न अनुमति पाएको व्यापारिक समूहनै त्यही आयातित सुपारीलाई भारत निर्यात गर्ने बढी चलखेलमा लाग्ने गरेका छन्। विभिन्न घटना क्रमले पनि यसलाई पुष्टि गर्छ। विदेशबाट सुपारी ल्याउने र त्यसलाई नेपालको झापामा उत्पादन भएको फर्जी कागज बनाएर भारतमा निर्यातसमेत हुने गरेको सुपारीखेती विकास संस्थानका अध्यक्ष देवी खतिवडा दाबी गर्छन्।

दुई वर्षअघि मात्रै निर्यात खुलाउनमा झापाका गोविन्द सरिया र प्रदीप मित्तल तथा विराटनगरका दिनेश राठीले नेपाल उद्योग वाणिज्य महासंघ र वाणिज्य विभागलगायतका निकायमा दबाब दिएको झापा उद्योग संघका यमबहादुर श्रेष्ठ बताउँछन्। झापामा झापा उद्योग संघले मात्र उत्पत्तिको प्रमाणपत्र अर्थात् सर्टिफिकेट अफ ओरिजिन (सीओ) जारी गर्ने अनुमति पाएको थियो। त्यसैले ठुला व्यापारीको दबाब संघलाई बढी आउने गरेको थियो ।

समुद्रपारका मुलुकबाट पैठारी गरिएको सुपारीलाई नेपालको उत्पादन भन्ने देखाएर आर्थिक वर्ष २०६७/०६८ देखि भारततर्फ निर्यात गर्न थालिएको थियो। भारतको सरकारी पक्षले सुपारीको फर्जी निर्यात बन्द गर्न तीव्र दबाब दिइरहे पनि निकासीको क्रम २०७०/७१ सम्म कायम रह्यो। उद्योग संगठन मोरङका अनुसार आर्थिक वर्ष २०७२/०७३ देखि सुपारीको निकासी सहज रूपमा हुन नसकेको हो। आजको अन्नपूर्ण पोष्टमा खबर छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार