मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

२६ वर्षपछि आवाससहितको काँकडभिट्टा ट्राफिक कार्यालय भवन शिलान्यास

देश प्रदेश डेस्क 5423+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

झापा ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाको आवाससहितको कार्यालय भवन शिलान्यास गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष तथा मेची सामुदायिक सेवा केन्द्र काँकडभिट्टाका अध्यक्ष मुक्ति पौडेलले शिलान्यास गरे । मेची सामुदायिक सेवा केन्द्र काँकडभिट्टाको संयोजनमा निर्माण हुन लागेको उक्त कार्यालय भवन अर्थ मन्त्रालयको स्वमित्वमा रहेको मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टाको पुरानो भन्सारमा करिब २ कठ्ठा क्षेत्रफलमा कुल १५ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो ।ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाका प्रहरी नायव निरीक्षक लीलाकुमार श्रेष्ठले भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपुर्ण सहयोग पुग्ने धारणा राखेका थिए । केही दिनअघि सर्वदलीय उपस्थितिबाट कार्यालय भवन निमार्ण गर्ने सहमति भएको थियो ।

कार्यक्रममा भवन निर्माण समितिका सल्लाहकार तथा प्राज्ञ शुभद्रा भट्टराई अर्याल, आर्थिक संयोजक सुवास गुरुङ, उपाध्यक्ष खडानन्द भण्डारी, सदस्य सचिव लीलाकुमार श्रेष्ठ, सदस्य विष्णुकुमार श्रेष्ठ, केशव गिरी, मिरा कार्की, सुरेश श्रेष्ठ (गोपाल), मोहन रिजाल, दिनेश पोखरेल, प्रवीण थापा, सञ्जय तामाङ, होम विष्ट, प्रहरी सहायक हवल्दार प्रकाश अधिकारी, स्थानीयबासी भूमिलाल भेटवाल र शम्भु राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार