मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

हाेटलमा नाबालिकामाथि सामूहिक बलात्कार गर्ने चारजना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

                                                                                            साङ्केतिक तस्वीर

झापा नाबालिकालाई सामूहिक बलात्कार गर्ने उदयपुरको कटारीमा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कटारी– ४ गबुवा बस्ने होटल संचालक २५ वर्षीय सुजन भन्ने राजकुमार तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय पुजन श्रेष्ठ ,२० वर्षीय नबिन श्रेष्ठ र २० वर्षकै जीवन तामाङ रहेका छन् ।

उनीहरुले शुक्रवार राति अन्दाजी ९.३० बजे उदयपुर कटारी –४ गबुवा बस्ने १४ वर्षीया नाबालिकालाई सुजन भन्ने राजकुमार तामाङको होटलको कोठामा लगेर जबरजस्ती करणी गरेका थिए ।

उनीहरुमाथि कानुन बमोजिम कारबाही गरी पाऊँ भनी हिजो साँझ पीडितको आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएकी थिइन् । तत्कालै इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएर उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो । पीडित बालिकाको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार