मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


आर्थिक प्रलोभनमा परी झापा शिवसताक्षीका सरोज शर्माकाे हत्या

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

झापा झापा शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माकाे  हत्या आर्थिक प्रलोभनमा परी गरेकाे पाइएकाे छ ।

 प्रहरीले शिवसताक्षी–१० माईधारकै २७ वर्षीय सुनिल साह र अन्दाजी २३ वर्षीय राहुल साहलाइ आइतबार जिल्ला प्रहरीले सार्वजनिक गर्दै यस्ताे जानकारी गराएकाे हाे । 

प्रहरीले दिएकाे विवरण अनुसार सरोज शर्मालाई अपहरण गरी भारत लिएर जाने र लागूऔषध देखाएर पक्राउ गर्न लगाई ठूलो रकम फिरौती माग्ने हत्यामा संलग्नहरुको मनसाय देखिएकोमा त्यो सफल नबनेपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । डीएसपी खड्काले उनीहरु लागूऔषध कारोबारी भए नभएको अनुसन्धान भइरहेको जानकारी दिए । हत्यामा मामा भान्जा सुनिल साह र राहुल साहसंगै एक भारतीयको पनि संलग्नता रहेको खुलेको छ । ती भारतीय फरार छन् ।

घटनाका मुख्य योजनाकार सुनिलले छिमेकी साथी सरोजको हत्या आर्थिक प्रलोभनमा परी गरेको अनुसन्धानको क्रममा खुलेको डीएसपी खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार कात्तिक ९ गते बेपत्ता भएकै दिन सरोजको हत्या भएको थियो । काठमाडौँमा आइटीको काम गर्दै आइरहेका सरोज नयाँ गाडी लिएर चाडबाड मनाउन घर आएका थिए । सरोज र सुनिलको त्यस अवधिमा भेट भयो । सरोजले सस्तोमा सुन किन्ने र काठमाडौँ लगेर बेच्ने भन्दै सुनिललाई सुन खोज्न लगाए । सुनिलले सरोजको कुरा स्वीकारेर अपराधको योजना बनाए ।

सुनिलले सरोजलाई आफूले सुन ल्याएको र हेर्न आउन भन्दै ललाइफकाइ अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा बोलाएका थिए । सुनिलले भान्जा राहुललाई त्यहाँ बोलाइसकेका रहेछन् । सुनिलले भान्जा राहुलसँग मिलेर सरोजलाई अपहरण गरी घरबाट मोटो रकम फिरौती माग्ने योजना बनाएका थिए । तर, उनीहरूको त्यो योजना सफल भएन । उनीहरूले हथौडाले हिर्काएर साँझ साढे ५ बजे सरोजको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको डीएसपी खड्काले बताए ।

त्यही राति सुनिल र राहुलले एक जना भारतीय युवकको सहयोगमा सरोज चढ्ने किया सेल्टस कम्पनीको बा प्र ०१ – ०३०– च ७१९४ नम्बरको कारको डिक्कीमा उनको शव राखेर झापा गाउँपालिका ५ सीमा पर्ने बिरिङ नदीको पुलमुनि लगेर गाडेका थिए । उनको कार जंगलमा लुकाएर राखेका थिए । सुनिललाई प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेको थियो ।

 सुनिलले सरोजको कार कात्तिक १३ गते बिहीबार बिहान १० बजेको समयमा चारआली–भद्रपुर सडकको करिब २०० मिटर पश्चिम चारआली जंगलको हातेमालो सामुदायिक वनभित्र ल्याएर जलाएर फरार भएका थिए । तर, घटनास्थलमा सुनिलले लगाएको एउटा चप्पल प्रहरीले फेला पार्‍यो । सोही चप्पलको आधारमा सुनिल र उनको भान्जालाई पक्राउ गरेपछि सरोजको हत्याकाण्ड बाहिर आएको डीएसपी खडकाले बताए ।

सुनिललाई बिराटनगरस्थित सीमावर्ती क्षेत्र रानीबाट नियन्त्रणमा लिइएका थियो भने राहुललाई खोजतलासकै क्रममा शिबसताक्षी नगरपालिका वडा नं. १० स्थित उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव तथा ज्यान सम्बन्धी कसूरमा मुद्दा चलाएको डीएसपी खड्काले बताए ।मृतक सरोजको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरी आज कन्काई माईमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार