झापा / सारा नेपालीकाे मन जितेका उत्कृष्ट तीन जना अनन्तः एउटै छातामुनी हुने भएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने र उज्यालाे नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच सहमति भएसँगै लामिछाने घिसिङ र बालेन्द्र साह एउटै पार्टी बनाएर अगाडि बढ्ने भएका हुन् ।
बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति यसअघि नै भइसकेको छ। बालेन र रविबीच आइतबार उक्त सहमति हुँदा कुलमान त्यसमा सहभागी थिएनन्।
त्यसयता उनीहरू दुई जनाले पटक पटक कुलमानसँग वार्ता गरी सहमतिमा पुगेका हुन्।
सोमबार कुलमान र रविबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्।
रास्वपाका उपसभापति डिपी अर्यालले तीन जना मिलेर जाने सहमति भएको जानकारी दिए।
‘सहमतिपत्रमा केहीबेरमा हस्ताक्षर हुँदैछ,’ उनले भने।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आइतबार भएको सहमतिमा छुटेका कुलमान घिसिङलाई पनि त्यसमा सहभागी जेनजी अभियानीहरूले सहजीकरण गरिरहेका थिए।त्यसै क्रममा सुदन गुरूङ लगायतका केही जेनजी अभियानीले अहिले कुलमान घिसिङलाई आफैले गाडीमा राखेर बालेन र रविसँग वार्ता गराउन लगेका थिए।
स्रोतका अनुसार कुलमानले रास्वपामा आफ्ना लागि सह-सभापति पद माग गरेका थिए। सँगसँगै, केन्द्रीय समितिदेखि समानुपतिक सूची र प्रत्यक्ष उम्मेदवारतर्फ ३० प्रतिशत हिस्सा उज्यालो नेपाल पार्टीले पाउनुपर्ने उनको माग थियो।
रास्वपा पक्षले भने अहिलेको अवस्थामा कुलमानको नयाँ पार्टीले ३० प्रतिशत हिस्सा माग गर्नु अत्यन्तै धेरै भएको बताएको थियो।त्यही भएर रास्वपाले १५ प्रतिशतभन्दा बढी हिस्सा दिन नसकिने जबाफ दिएको थियो।
कुलमानलाई पनि सहसभापति होइन, बरू उपसभापति दिन सकिने प्रस्ताव गरिएको थियो। यसमा कुलमान सहमत भएको रास्वपाका एक नेताले जानकारी दिए।
रास्वपाको यो प्रस्ताव कुलमानले अस्वीकार गरेपछि उनीहरूको वार्ता अनिर्णित बनेको थियो, जुन जेनजीहरूको सहजीकरणमा सुरू भएको थियाे।