मुख्य समाचार
झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? |

विराटनगरमा प्रहरीकै गाडी पल्टिँदा ३० प्रहरी घाइते

देश प्रदेश डेस्क 5187+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिँदा बुधबार विराटनगरमा ३० जना प्रहरी घाइते भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टेको हो।

बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार प्रहरी घाइते भएका छन्।

घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीको सचिवालयले जनाएको छ।

उपचारका लागि पठाइएकामध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझालाई बढी चोट लागेको छ।

सडकमा बालकलाई जोगाउन खोज्दा प्रहरीको गाडी दुर्घटनामा परेको प्रहरी भनाइ छ। सडकको नालामाथि पल्टिएको गाडी डोजरको सहायताले उठाएर हटाइएको प्रदेश प्रहरी कार्यालय, रानीले जनाएको छ।

मोहरम पर्वमा सुरक्षाका लागि थप बलका लागि प्रहरी लिएर रानीतर्फ जाने क्रममा गाडी दुर्घटना भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार