मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरमा २०५ जनाले पाए निःशुल्क उपचार सेवा

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३१ आषाढ २०८३, बुधवार

 सशस्त्र प्रहरीले सीमावर्ती झापा गाउँपालिकामा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २०५ जना लाभान्वित भएका छन् ।

झापा गाउँपालिका ४ स्थित डिल्लीराज माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा १३६ जना पुरुष र ६९ जना महिलाले स्वास्थ्य जाँच गराएका थिए । उनीहरुलाई स्वास्थ्य चेकजाँच गरी आवश्यक औषधि बितरणसमेत गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले जानकारी दिएका छन् ।

सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा. झापाको आयोजना तथा सशस्त्र प्रहरी बल, नेपाल फिल्ड अस्पताल पकली सुनसरीको प्राविधिक सहकार्यमा सो शिविर संचालन गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशीको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पताल पकलीबाट प्रा.सशस्त्र प्रहरी निरीक्षक डा. कुसुम श्रेष्ठको नेतृत्वमा ७ जना चिकित्सकसहितको टोलीले चेकजाँच गरेको थियो ।

कार्यक्रममा झापा गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष हिमालकुमार चम्लागाई, वडा नं ४ का वडा अध्यक्ष महमद ताहिर,सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघनडुब्बाका बिओपीपति सशस्त्र प्रहरी निरीक्षक नारायण तामाङ र बिओपी पन्थापाडाका सशस्त्र प्रहरी निरीक्षक दिनेश बम्जनलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार