मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

राजस्व अनुसन्धान मार्फत काँकडभिट्टामा छापा मारेर एक करोडको सामान बरामद

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१३ चैत्र २०८१, बुधवार

झापा   भन्सार छलेर भित्राइएको ठूलो परिमाणको लत्ताकपडा र मोटरपार्टस सशस्त्र प्रहरीले राजश्व अनुसन्धानको टोली बोलाएर छापा मारेकाे छ । राजश्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान अधिकृत विदुर गौतम र गणका डीएसपी मदनकुमार रसाइलीको नेतृत्वमा खटिएको संयुक्त टोलीले मङ्गलबार बिहान करिब ६ बजे मेचीनगर–६ स्थित झिल्केघाम टोल निवासी मदन पोखरेल र सोही ठाउँका उत्तम ठकुरीको घरमा छापा मारेको हाे ।
पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा गरी ५९ बोरा सामान बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेक्वा झापाका डीएसपी सुमन पोखरेलले बताए । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको डीएसपी पोखरेलले बताए । अनुमानित एक करोड मूल्य बराबरकाे सामान बरामद गरेकाे उनले जनाए । बरामद गरिएको सामान मुना तामाङ्को भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा, बोर्डर आउट पोस्ट नकलबन्दा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र नकलबन्दा प्रहरी चौकी लगायतको सेटिङमा तस्करी भइरहेको याे घटनाले पुष्टि गरेकाे छ । 
 
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापा ,इलाका प्रहरी कार्यालय काँकडभिट्टाका सादा पोसाकमा खटिएका प्रहरीको संलग्नतामा कारोबारीहरूले खुलेआम तस्करी धन्दा चलाइरहेको बुझिएको छ ।

सादा पोसाकमा खटिएका सशस्त्र र नेपाल प्रहरीकै सेटिङ मेचीनगर–६ स्थित पुरानो मेची पुलमाथि र मेचीनगर नगरपालिका–७ सतिघट्टाको गैरीगाउँबाट अहिले पनि ठूलो मात्रामा लत्ताकपडा, किराना , लाइटर, कवाडी लगायतको काम भइरहेको पाइएको छ । कारोबारीले भन्सार छलेर दिनहुँ लाखौँ मूल्य बराबरको सामान भित्राउने र पठाउने काम गरिरहेका छन् । 

केही समयअघि मात्र सतिघट्टा नाकाबाट भित्राइएको भन्सार छलीका सामान सशस्त्रले राजमार्गमा बरामद गर्न खोज्दा पिन्टु साहले घेराबन्दी गरी पिकअपसहितको सामान लिएर फरार भएका थिए । त्यसपछि सशस्त्रले प्रहरीमा उजुरी हालेर कारोबारी साहलाई पक्राउ गर्न लगाएर अभद्र व्यवहारमा मुद्दा चलाउन लगाएका थिए । कारोबारी साह दुई साता इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा बसेर हाल धरौटीमा रिहा भएका छन् ।  

प्रतिक्रिया

Rosabel Edney १३ चैत्र २०८१, बुधवार

Hello deshpradeshnews.com, Are you struggling to generate quality leads and drive traffic to your website? Would you be open to hearing more on the subject? Well wishes, Rosabel Edney | Digital Marketing Manager Note: - If you’re not Interested in our Services, send us "opt-out"

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार