मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

प्रहरी भनेर धम्क्याउँदै लुटपाटमा संलग्न मेचीनगरका दुई जना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२६ जेठ २०८३, मङ्गलबार

झापा नेपाल प्रहरीको ब्युरोमा कार्यरत प्रहरी कर्मचारी भएको धम्क्याउँदै लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मेचीनगर वडा नं ६ साठीविगाह बस्ने ३३ वर्षीय प्रल्हाद कार्की र मेचीनगर ६ पालियाखोला बस्ने २३ वर्षीय विशाल बास्कोटा रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

मेचीनगर ६ साठीविगाहबाट पक्राउ परेका उनीहरूले आफूहरू नेपाल प्रहरीको ब्युरोबाट आएको भन्दै सर्वसाधारणलाई डरत्रास देखाई नगद तथा विभिन्न सामान लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले विशेष अभियान सञ्चालन गरी उनीहरूलाई साेमबार सांझ साढे ५ बजेतिर पक्राउ गरेको हो ।

हिरासतमा राख्ने क्रममा उनीहरूको साथबाट  एक ग्राम नौ सय दश मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि ठगी तथा लुटपाटसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार